ट्रम्प भन्छन्, अमेरिकाले ब्यापार बन्द गर्छौं भनेपछि भारत-पाकिस्तान युद्धबिराम भयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत-पाकिस्तानबीच युद्धबिरामका कैयौं कारणहरू भए पनि एउटा ठूलो कारण अमेरिकासँगको ब्यापार सम्बन्ध पनि भएको बताएका छन्। 

सोमबार एउटा पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाकै सहयोगमा दुबै देशबीच युद्धबिराम हुन सकेको पनि दाबी गरे। 

‘हाम्रो अमेरिकी प्रशासनले भारत तथा पाकिस्तानबीच पूर्ण तथा तत्काल युद्धबिराम गराउनका लागि सहयोग गरेको हो। मलाई लाग्छ यो स्थायी हुनेछ। जसबाट परमाणु हतियारले धनी दुई राष्ट्रबीच हुनसक्ने खतरनाक युद्ध समाप्त भएको छ’ ट्रम्पले भनेका छन्। 

‘यसका पछि धेरै कारणहरू हुनसक्छन्। दुबै देशका आआफ्नै कारणहरू होलान्। तर हामीले दुबै देशलाई धेरै नै साथ दिएङ्का छौं’ ‘कसरी यो सम्भव भयो?’ पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ट्रम्पले भनेका छन् ‘हामीले भन्यौ कि यदि तिमीहरूले युद्ध रोकेनौ भने हामीले जेजति ब्यापार छ त्यो सबै रोक्न बाध्य हुनेछौं।’

उनले युद्धिबराम पछि पनि अमेरिकाले भारत अनि पाकिस्तानसँग वार्ता गर्ने पनि बताएका छन्।

गत मे ७ मा भारतले पाकिस्तानमाथि आक्रमण गरेपछि दुबै राष्ट्रले एकअर्कामाथि जवाफी आक्रमण गरेका थिए। तर त्यसको ८६ घण्टाभित्रै अमेरिकी राष्ट्रपति ट्रम्पले भारत-पाकिस्तानबी युद्ध बिराम भएको जानकारी सामाजिक सञ्जालमा दिएका थिए।  

प्रकाशित मिति: : 2025-05-12 20:35:00

प्रतिकृया दिनुहोस्