हिमाल खबर
२०६२/६३ को जनआन्दोलनपछि संस्थागत भएका मुद्दामाथि प्रश्न र जनमत संग्रहको माग गरेपछि विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र चर्चामा छन्। गत साता ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकको राजनीतिक दस्तावेज सार्वजनिक गरेका मिश्रसँग संघीयता, धर्म निरपेक्षता, गणतन्त्र लगायतका विषयमा हिमालखबरका लागि मस्त केसीले गरेको कुराकानीः
तपाईंको अवधारणापत्रले मुलुकलाई २०६२/६३ को परिवर्तनभन्दा पछाडि फर्काउनुपर्ने मान्यता राख्यो भन्ने प्रतिक्रिया आइरहेका छन् नि?
२०६२/६३ भन्दा पछाडि त फर्काउनै मिल्दैन, त्योभन्दा अगाडि नै जाने हो। त्यो आन्दोलनका आफ्ना विशेषताहरू छन्। त्यसका असल गुण र अनुभवलाई लिएर, त्यसमा भएका गल्तीलाई सुधारेर अगाडि जाने हो, पछाडि फर्किने होइन।
त्यसो भए जनआन्दोलनपछि संस्थागत भएका विषयमा जनमत संग्रह गरौं भन्नुको तात्पर्य के हो?
हामी जानुपर्ने एकातिर हो, तर अर्कोतिर गइरहेका छौं। यस्तो वेला सही बाटो समातेर जाऔं भन्नुलाई पछाडि फर्केको भनिंदैन। निश्चित विषयहरूमा मुलुक ठीक ढंगबाट अगाडि बढिरहेको छैन। अहिले राष्ट्रिय सुरक्षा, स्वाधीनता, इतिहास, संस्कृति, जातीय तथा क्षेत्रीय दृष्टिकोण लगायत विषयमा जे–जस्तो परिस्थिति निर्माण भइरहेको छ, त्यो मुलुकको हितमा छैन।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया