देउवाले भने- ‘स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गरियाेस्’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीमाथिको आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका छन्।

देउवाले विहीबार राति बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण भएपछि शुक्रबार विहान सामाजिक सञ्जालमार्फत घटनाको छानविन गरी कारबाही गर्न माग गरेका हुन्।

देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन्। देउवाले लेखेका छन्, ‘यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्। स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु।’

उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको थिए।

प्रकाशित मिति: : 2021-05-28 10:32:00

प्रतिकृया दिनुहोस्