भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेको भेरी अस्पतालका डाक्टर र नर्समाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेका छन्।

विहीबार राति बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण भएपछि प्रचण्डले शुक्रबार विहान सामाजिक सञ्जालमार्फत घटनाको छानविन गरी कारबाही गर्न माग गर्दै यस्तो अमानवीय व्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेका छन्। 

‘नेपालगंजस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ,’ उनले लेखेका छन्, ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मी थि नै सांघातिक हमला गर्ने जो कोहीलाई पनि कानूनी कारवाही गरियोस् भनि माग पनि गर्दछ।’

उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले बिहिबार बेलुकी चिकित्सकमाथि आक्रमण गर्नुको साथै अस्पताल तोडफोडसमेत गरेका थिए। 
 

प्रकाशित मिति: : 2021-05-28 10:46:00

प्रतिकृया दिनुहोस्