राष्ट्रपतिद्वारा वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान

File photo
File photo

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसेको मन्त्रिपरिषद् बैठकमा आफूले वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराएका थिए। 

सोही प्रयोजनको लागि राष्ट्रपति भण्डारीले वैशाख २७ गते अपरान्ह १ बजे नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभाको अधिवेशन आव्हान गरेकी हुन्। 


प्रधानमन्त्रीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते  प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले  वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिएल नेपाली सेवालाई भने, ' प्रधानमन्त्रीले वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएकाे छ।'

प्रकाशित मिति: : 2021-05-02 20:03:00

प्रतिकृया दिनुहोस्