प्रधानमन्त्रीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने

File photo
File photo

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते  प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले  वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिएल नेपाली सेवालाई भने, ' प्रधानमन्त्रीले वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएकाे छ।'

नेकपा एमाले अध्यक्षका अध्यक्ष ओली वाम गठबन्धनको अर्को घटक– माओवादी केन्द्रको समर्थनमा ०७४ फागुन ३ गते एमाले संसदीय दलकाे नेताकाे हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन्। उनले ०७४ फागुन २७ गते प्रतिनिधिसभाबाट विश्वासकाे मत लिएका थिए।

सर्वाेच्च अदालतको  ०७७ फागुन २३ गतेकाे फैसलाबमोजिम एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि ओलीले विश्वासकाे मत लिन लागेका हुन्।

माओवादीले प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत फिर्ता लिने घोषणा गरिसकेको छ तर अर्को सरकारकाे बन्ने संभावना नभएकाे भन्दै फिर्ता लिने आँट गरेको छैन। पटक–पटक विश्वासको मत फिर्ता लिन भनी बसेकाे माओवादी बैठकले फिर्ता लिन नसकेपछि समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएकाे छ। एक पृष्ठको निवेदन लेखेर संसद् सचिवालयमा पठाएमा विश्वास फिर्ता हुने भए पनि यो पनि नगरेको भन्दा नागरिक समाजबाट उनको आलोचना भएकाे छ।



राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितलनिवास

शकंर पोखरेललाई घात: सांसद विमला केसीको पत्र- 'म माओवादी बन्न चाहन्छु' 

पाेखरेललाई संकटमा पार्दै दाङकी एमाले सांसद विमला केसी माओवादी प्रवेश

माओवादीले केसीलाई गुरिल्ला शैलीमा अपहरण गरे: एमाले प्रदेश-अध्यक्ष गिरी

को हुन् मुख्यमन्त्री पोखरेललाई अप्ठेरोमा पार्ने विमला वली 

पोखरेल पुन: मुख्यमन्त्री नियुक्त, विमलालाई दलत्याग ऐनअनुसार कारवाही हुने

 

 

 

 

 

प्रकाशित मिति: : 2021-05-02 18:14:00

प्रतिकृया दिनुहोस्