पूर्वरानीलाई कोमल नर्भिक अस्पतालको आईसियूमा, कोरोना संक्रमणले श्वासप्रश्वासमा समस्या

File photo
File photo

कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई थापाथलीस्थित नर्भिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा सारिएको छ। अक्सिजनको मात्रा घटेपछि उनलाई आईसियूमा राखेर उपचार थालिएको हो। 

नर्भिक अस्पतालले पूर्वरानीको स्वास्थ्य अवस्थाबारे जानकारी दिदै भनेको छ, 'उहाँको श्वासप्रश्वासमा समस्या देखिएको छ। अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो।'

अस्पतालमा उनीसँगै पूर्वराजा ज्ञानेन्द्र शाह, छोरी प्रेरणाको पनि उपचार भइरहेको छ। उनीहरुको अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

भारतको हरिद्वारस्थित कुम्भमेलामा सहभागी भई नयाँदिल्लीबाट फर्केलगत्तै कोभिड संक्रमण देखिएपछि उनीहरु चार दिनअघि अस्पताल भर्ना भएका थिए।

प्रकाशित मिति: : 2021-04-29 11:30:00

प्रतिकृया दिनुहोस्