जब योगगुरु बाबा रामदेवले गाडी चलाएर पूर्वराजा ज्ञानेन्द्रलाई पतञ्जलि पुर्‍याए (फोटो फिचर)

योगगुरु बाबा रामदेवले नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो आश्रम पताञ्जली योगपीठमा भव्य स्वागत गरेका छन्। 

भारतको हरिद्धारमा शाहीस्नानका लागि पूर्वराजा ज्ञानेन्द्र आफ्नो श्रीमती पूर्वरानी कोमल शाहसँगै गत बिहीबार राजधानी नयाँदिल्ली पुगेका थिए। उनले शनिबार हरिद्धारमा शाहीस्नान गरेका थिए। 

शाहीस्नानका लागि शुक्रबार हरिद्धार पुगेका पूर्वराजालाई केदारनाथका पिठाधीस, सन्त,महन्त तथा पताञ्जली योगपीठका सीईओ बालकृष्ण आचार्यले भब्य स्वागत गरेका थिए। पूर्वराजाको स्वागतमा हेलिकोप्टरबाट पृष्पबृक्ष गरिएको थियो। 


म्यान्मार ‘कू’: त्राससँगै शोकमा छन् नेपालीभाषी


शाहीस्नान लगत्तै पताञ्जलीका संस्थापक योग गुरु बाबा रामदेवले बुधबार आफैले गाडी चलाएर पूर्वराजालाई आफ्नो आश्रमको अवलोकन गर्न लगेका थिए। यसअवसरमा बालकृष्ण पनि गाडीमा सँगै थिए। 

पूर्वराजालाई हिन्दु सम्राटका रूपमा पताञ्जलीमा भव्य स्वागत गरिएको थियो। यस अवसरमा पूर्वराजा ज्ञानेन्द्रले पताञ्जली योगपीठमा रहेको विश्वकै ठूलो आयुर्वेदिक ल्याबको निरिक्षण गरेका थिए। 

भारत भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रलाई केन्द्रिय तथा प्रदेश सरकारले विशेष सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाएको छ।


सैनिक शासनबाट पिल्सिएको म्यान्मारको यस्तो हाल 



म्यान्मार सेनाद्वारा टमूनगरमा दुई नेपालीभाषीको गोली हानी हत्या

म्यान्मार सेनाको क्रूरताः एकैदिन ८० प्रदर्शनकारीको हत्या

थप क्रूर बन्दै बर्मेली सेना, सर्वसाधारणको घरमा रकेट लञ्चर प्रहार

म्यान्मारको 'जुन्ता' सरकारद्वारा १२० भन्दा बढी कलाकार पक्राउ

म्यान्मारमा थप २० आन्दोलनकारीको मृत्यु, नेपालमा विरोध प्रदर्शन

म्यान्मारमा हिरासतमै दुई बर्मेलीको हत्या

सेनाको हवाई आक्रमणपछि ओढारमा बस्न बाध्य बर्मेली (तस्बिरसहित)

आन्दोलनमा शहादत प्राप्त गरेकी १९ वर्षीया ‘एञ्जेल’को हृदयविदारक कथा


प्रकाशित मिति: : 2021-04-15 17:24:00

प्रतिकृया दिनुहोस्