बिएल संवाददाता
म्यान्मारको कारेन प्रान्तका आदिवासीहरू घर छाडेर ओढोरमा बस्न बाध्य छन्।
सरकारी सेनाले बस्तीमा हवाई अक्रमण थालेपछि उनीहरू ज्यान जोगाउन ओढार र खुला स्थान खोजिरहेका छन्।
ती मध्ये हजारौं मानिस शरणका लागि थाइल्याण्ड सीमा पार गरेको बताइन्छ।
म्यान्मार–थाइल्याण्ड सीमावर्ती जंगलमा उनीहरू सुरक्षित रहे पनि बसाँई र खानपिनमा समस्या भएको थाइ तथा बर्मेली सञ्चारमाध्यमले जनाएको छ।
सरकारी सुरक्षा फौज र विद्रोही समूहको मुठभेडपछि गाउँ छाडेर उनीहरू जंगल तथा छिमेकी मुलुकतर्फ भागिरहेका छन्। सैन्य जुन्ताको निरन्तर हवाई आक्रमणले स्थानीय त्रसित भएका छन्।
थाइल्याण्ड प्रवेशका लागि सिमानामा पुगेका शरणार्थीलाई थाइ प्रहरीले म्यान्मार नै फिर्ता गरेको विदेशी सञ्चारमाध्यमले जनाएको छ। यद्यपि, थाइ अधिकारीले यो कुरा अस्विकार गरेका छन्।
थाइल्याण्ड नजिकै कारेनको एक जंगलमा झण्डै चार हजारको हाराहारीमा स्थानीयहरू बसिरहेका छन्। सेनाको हवाई हमलामा दर्जन बढी घाइतेहरूको ओढारमै उपचार भइरहेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया