बिएल संवाददाता
म्यान्मारको कारेन प्रान्तका आदिवासीहरू घर छाडेर ओढोरमा बस्न बाध्य छन्।
सरकारी सेनाले बस्तीमा हवाई अक्रमण थालेपछि उनीहरू ज्यान जोगाउन ओढार र खुला स्थान खोजिरहेका छन्।
ती मध्ये हजारौं मानिस शरणका लागि थाइल्याण्ड सीमा पार गरेको बताइन्छ।
म्यान्मार–थाइल्याण्ड सीमावर्ती जंगलमा उनीहरू सुरक्षित रहे पनि बसाँई र खानपिनमा समस्या भएको थाइ तथा बर्मेली सञ्चारमाध्यमले जनाएको छ।
सरकारी सुरक्षा फौज र विद्रोही समूहको मुठभेडपछि गाउँ छाडेर उनीहरू जंगल तथा छिमेकी मुलुकतर्फ भागिरहेका छन्। सैन्य जुन्ताको निरन्तर हवाई आक्रमणले स्थानीय त्रसित भएका छन्।
थाइल्याण्ड प्रवेशका लागि सिमानामा पुगेका शरणार्थीलाई थाइ प्रहरीले म्यान्मार नै फिर्ता गरेको विदेशी सञ्चारमाध्यमले जनाएको छ। यद्यपि, थाइ अधिकारीले यो कुरा अस्विकार गरेका छन्।
थाइल्याण्ड नजिकै कारेनको एक जंगलमा झण्डै चार हजारको हाराहारीमा स्थानीयहरू बसिरहेका छन्। सेनाको हवाई हमलामा दर्जन बढी घाइतेहरूको ओढारमै उपचार भइरहेको छ।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया