बिएल संवाददाता
म्यान्मारमा सेनाले बुधबार थप २० जना ओन्दोलनकारीलाई गोली ठोकेर हत्या गरेको छ।
उत्तरपश्चिमी क्षेत्रमा सैन्य 'कू'को बिरोधमा उत्रिएका आन्दोलनकारीमाथि गोली चलाउँदा २० जनाले ज्यान गुमाएका हुन्। सयौँ घाइते भएका छन्।
‘खोनमथंग बर्मीज’का सेना र आन्दोलनकारीबीच गोली हानाहान भएको थियो। सो क्षेत्रमा चिनियाँ मुलका व्यक्तिहरुको बाक्लो बस्ती रहेको छ।
सुरक्षा फौजको गोली लागेर 'कू' भएयता ५ सय ९३ प्रदर्शनकारीले ज्यान गुमाएका छन्।
सैन्य शासन ‘जुन्ता’को चरम दमन हुँदाहुँदै हजारौं–हजार स्वतन्त्र बर्मेली शान्तिपूर्ण सडक आन्दोलनमा जुटेका छन्।
नेपालमा प्रदर्शन
यसैबीच म्यान्मारमा जारी सैन्य 'कू' विरोध गर्दै त्यहाँका नागरिकको जीवन रक्षाका शान्तिवादीहरुले लागि मैनबत्तीसहित प्रदर्शन गरेका छन्।उनीहरुले बुधबार साँझ काठमाडौँको बौद्धमा आँखा÷निधारमा कालोपट्टी बाँधी मैनब्त्ती बोकेर प्रदर्शन गरेका हुन्।
म्यानमार (बर्मा)का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र वहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजद्वारा बुधबार साँझ बौद्धनाथमा प्रदर्शन गरिएको थियो।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु गीता तिमल्सिना, दुर्गा राना, उमा गौतम, रुपा गिरी, रोज विष्ट, नानीकाजी गिरी, ईश्वर पुडासैनी, किरण ढकाल, यदु खतिवडासहित ५ दर्जन शान्तिवादीहरुको सहभागिता थियो।
प्रदर्शनमा सहभागिहरुले 'बर्माः नागरिकको जीवन रक्षा गर', 'शान्ति बहाली गर', 'लोकतन्त्र बहाली गर', 'मानवता विरुद्धको अपराध अन्त्य गर', 'मानव अधिकार उल्लंघन बन्द गर', 'बर्मेली जनताप्रति ऐक्यवद्धता, सैनिक शासन खारेज गर' लेखिएका प्लेकार्ड बोकेका थिए।
प्रदर्शनमा गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपाल, वडा अध्यक्ष रमेश अर्याल, नारायण सुवेदी, राजीव थापा, मनोज ढुंगाना, वडा सदस्य सत्यभावा श्रेष्ठसहित जनप्रतिनिधिहरुले समेत सहभागि जनाएका थिए।
यसैगरी चैत २५ गते साँझ शान्ति समाजका दाङ, पाल्पा र चितवन शाखाले पनि बर्माका नागरिकको जीवन रक्षा तथा बर्मामा शान्ति र लोकतन्त्रको बहालीको मागसहित तुलसीपुर, तानसेन र भरतपुरमा प्रदर्शन गरेका छन्। त्यस्तै २४ गते शान्ति समाजका रौतहट र बाजुरा शाखाले पनि प्रदर्शन गरेका थिए।
नेपालमा शान्ति समाजले बर्मामा भइरहेको दमन र हत्याको विरोध गर्दै २० भन्दा बढी प्रदर्शनहरु आयोजना गरिसकेको छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया