म्यान्मारमा हिरासतमै दुई बर्मेलीको हत्या

Photo - EPA-EFE
Photo - EPA-EFE

गत साता म्यान्मारको म्यात चे शहरमा आन्दोलनका क्रममा पक्राउ परेका दुई आन्दोलनकारी पुलिस हिरासतमा मारिएका छन्।

म्यान्मारमा सैन्य ‘कू’ विरूद्ध २८ मार्चमा भएको शान्तिपूर्ण आन्दोलनमा म्याच चे शहरबाट चार जना पक्राउ परेका थिए।

पारिवारिक स्राेतले सुरुमा दिएको जानकारी अनुसार पक्राउ परेको भोलिपल्ट उनीहरूलाई पाकोकु शैन्य अस्पतालमा छोडिएको थियो। तरपछि रिपोर्ट आयो, ती चारमध्ये दुई जनाको निधन भइसकेको थियो।



म्यान्मारमा जारी ‘कू’विरूद्धको आन्दोलनमा अहिलेसम्म ५५६ प्रदर्शनकारीको मृत्यु



‘उनीहरूले चारै जनालाई हिरासतमुक्त गर्ने बताएका थिए। त्यसैले आफ्नो मान्छे बुझ्न परिवारका एक सदस्यलाई आउन उर्दी लगाएका थिए,’ हिरासतमा रहेका ४० वर्षीय विन क्वेका आफन्तले भने, ‘म बुझ्न जाँदा उनीहरूले विन क्वे मरिसकेको बताए। उनीहरूले लास घर लान नदिने र त्यही सद्गद् गर्नुपर्ने दबाब दिए।’

दिंवगत विन क्वेकी बहिनी, जो उपलब्ध एक मात्र परिवारको सदस्य थिइन्, उनलाई अन्तिम संस्कारमा उपस्थित हुन अनुमति दिइएन।

यस्तै, मारिएका अर्का ४० वर्षीय शँ तुनको शरीरलाई मोन्वा पु-याइएको थियो। ३० मार्चमा परिवारको अनुपस्थितिमा उनको पनि दाहसंस्कार गरियो।



म्यान्मार नरसंहारः एकै दिन ११४ प्रदर्शनकारी मारिए



म्यात चे शहरका एक बासिन्दा, जो माग्वे क्षेत्र नजिकै पुरानो शहर बगानमा बसोबास गर्छन् । उनले बाँचेका भनिएका अन्य दुईको भविष्यको विषयमा पनि कुनै जानकारी बाहिर नआएको बताए।

बेपत्ता पारिएका र हिरासतमै मारिएका सबैको सूचना लुकाइएको उनले बताए। म्यात चेमा सेना समर्थक र प्रजातन्त्र प्रेमीबीच सडकमा झगडा हुँदा उनीहरू पक्राउ परेका थिए।

यो घटनामा दुई युवाको कानमा चोट लागेको र एकजनाको नारीमा चक्कु प्रहार गरिएको उपचारमा खटिएका चिकित्सकले बताएका थिए। झडप लगत्तै सेनाको ६ वटा गाडी घटनास्थलमा पुगेको र चार जनालाई पक्राउ गरेर लगिएको स्थानीय बताउँछन्।



सेनाको हवाई आक्रमणबाट बच्न बर्मेली भिक्षुहरू बंकर बनाउँदै (तस्वीरसहित)



१ फेब्रुअरीमा म्यान्मारको सेनाले प्रजातान्त्रिक व्यवस्था ‘कू’ गर्दै शैन्य शासन लागु गर्ने घोषणा गरेपछि दैनिक प्रदर्शन भइरहेको छ।

प्रजातन्त्र पुनस्र्थापनाको माग गर्दै बाटोमा उत्रिएका लाखौं प्रदर्शनकारीलाई सेना र पुलिसले बल प्रयोग गर्दै आइरहेको छ। सेनाले घरमा छिरेर पनि बर्मेलीहरूलाई पक्राउ गरेको छ।



म्यान्मारमा जारी ‘कू’विरूद्धको आन्दोलनमा अहिलेसम्म ५५६ प्रदर्शनकारीको मृत्यु

सेनाको हवाई आक्रमणपछि ओढारमा बस्न बाध्य बर्मेली (तस्बिरसहित)

म्यान्मारमा जारी सैन्य 'कू' विरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन

दिनभर हिंसा, रातभर भव्य भोजको आयोजना

म्यान्मारमा एकैदिन मारिए ९० प्रदर्शनकारी, सैन्य 'कू' यताकै घातक शनिबार

प्रकाशित मिति: : 2021-04-05 14:03:00

प्रतिकृया दिनुहोस्