बिएल संवाददाता
म्यान्मार सेनाले सत्ता कब्जा गरेको दुई महिना बितिसकेको छ।
यस अवधिमा जुन्ता सरकारले प्रजातन्त्र पुनर्बहालीको माग राख्दै आन्दोलनमा उत्रिएका ५ सय ५६ आन्दोलनकारीको ज्यान लिइसकेको छ।
१ फेब्रुअरीमा म्यान्माली सेना प्रमुख मिन ओङ ह्लाइङले जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सैनिक शाषन थोपारेका थिए। त्यसयता सेनाले दिनहुँ बर्बर दमन गर्दै आइरहेको छ।
सेनाले क्रूरतापूर्वक ज्येष्ठ नागरिक, युवायुवती, बालबालिकालगायत नवजात शिशुलाई समेत गोली ठोकेर हत्या गरेको छ। दिनभरी नागरिकलाई बन्दुकको निशानामा राखेर रातभरी भब्य भोजको आयोजना गर्यो, जुन मानवीय संवेदनालाई पनि लज्जित पारेको छ।
सेनाको त्रासले थुप्रै नागरिक देश छोड्न बाध्य छन्। केही जंगलका ओढारमा लुकेर बस्न बाध्य छन्।
सेनाले हवाई आक्रमण गर्न नछाडेपछि बर्मेली भिक्षुले पनि आफ्नो सुरक्षाको लागि बंकर खन्न थालेका छन्। बर्मेली भिक्षुले थाइल्याण्ड र म्यान्मारको सीमा क्षेत्रमा पर्ने चिन माङ जिल्लामा सुरक्षाको लागि जमिन खनेर बंकर बनाउन थालेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया