बिएल संवाददाता
म्यान्मार सैन्य 'कू'को विरोधमा उत्रेका प्रदर्शनकारीको सरकारद्वारा हत्या गर्ने क्रम रोकिएको छैन।
सुरक्षा फौजको गोली लागेर 'कू' भएयता ५ सय ५६ प्रदर्शनकारीले ज्यान गुमाएका छन्। सैन्य शासनले गोली चलाउँदा शनिबार थप ६ प्रदर्शनकारीको मृत्यु भएको छ।
राजधानी नेपिडो, रंगुन र माण्डलेलगायत शहरमा सुरक्षाकर्मीले बर्बर दमन गरेको छ। सैन्य शासन ‘जुन्ता’को चरम दमन हुँदाहुँदै हजारौं–हजार स्वतन्त्र बर्मेली शान्तिपूर्ण सडक आन्दोलनमा जुटेका छन्।
प्रजातन्त्र खोसेको र नेतृ आन साङ सुकीसहितका प्रजातन्त्रवादीलाई थुनामा राखेको विरोधमा म्यान्माली नागरिक दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन्। सैनिक शासक- ‘जुन्ता’ विरूद्ध उठ्ने हरेक आवाजलाई दबाउन क्रूरतापूर्वक लागिपरेको छ।
म्यान्मारमा जारी सैनिक शासन गत फेब्रअरी १ देखि सुरु भएको हो। म्यान्मारका सेना प्रमुख मिन ओङ ह्लाइङले ‘जननिर्वाचित नागरिक सरकार’ लाई अपदस्थ गरी सत्ता हत्याएका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया