बिएल संवाददाता
म्यान्मारमा शैन्य ‘कू’ भएको मंगलबार ६६ दिन पुरा हुँदैछ।
यसअवधिमा सेनाको दमन झन् बढ्न थालेको प्रजातन्त्र प्रेमी स्थानीय बर्मेलीहरूले बताएका छन्।
सेनाको बर्बरताका कारण हालसम्म ५ सय ५० जनाको ज्यान गइसकेको छ। तर पनि सेनाको जुन्ता सरकारको विरोधमा सर्वसाधारण सडकमा उत्रिन डराएका छैनन्।
विरोधको अग्रमोर्चामा रहेकी एक १६ वर्षीय किशोरीलाई सेनाले केही समयअघि मारेको थियो। यो आन्दोलनलाई अगाडी बढाउन अहिले अर्को अनुहार बाहिर आएको छ। उनी हुन्, बर्मेली सुन्दरी हेन ले।
हालै थाइल्याण्डको राजधानी बैककमा मिस ग्य्राण्ड इन्टरनेशनल ब्युटी पेजेन्टको आयोजना भएको थियो। शनिबार सम्पन्न यो प्रतिस्पर्धामा २२ वर्षीय सुन्दरीले आफ्नो देशमा भइरहेको हिंसा-हत्याको शृंखला रोक्न सबैसँग सहयोगको अपील गरेकी छिन्।
उनले प्रतिस्पर्धामा भनिन्, ‘आज म यो स्टेजमा उभिएकी छु। तर, मेरो देश म्यान्मारमा मानिस मारिने क्रम जारी छ। मृत्युवरण गरेका मानिसप्रति संवेदना छ।’
यो कुरा गर्दा उनले आफ्नो आँशु रोक्न सकिनन्। उनले भनिन्, ‘सबै जना आफ्नो देश खुसी भएको, समृद्ध र शान्तिपूर्ण वातावरण चाहन्छन्। नेताहरूले शक्तिका लागि दुरुपयोग गर्नुहुन्न। कृपया म्यान्मारलाई सहयोग गर्नुहोस्। हामीलाई तत्काल अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया