बिएल संवाददाता
म्यान्मार 'सैन्य जुन्ता'ले आर्थिक राजधानी रंगुनमा एकैदिन कम्तीमा ८० प्रदर्शनकारीको हत्या गरेको छ।
प्रजातन्त्रको समर्थनमा सडक आन्दोलनमा उत्रिएका उनीहरूलाई सुरक्षाकर्मीले गोली हानी हत्या गरेको बर्मेली समाचार संस्था 'म्यान्मार नाउ'ले जनाएको छ।
सेनाले शुक्रबार र शनिबार दिनभर जसो बस्ती–बस्तीमा गोलीबारी गरिरहेको स्थानीय सञ्चार संस्थाले दाबी गरेका छन्। सञ्चारमाध्यम र प्रत्यक्षदर्शीका अनुसार रंगुनको उत्तर–पूर्वस्थित बागो शहरमा सुरक्षा बलले गरेको आक्रमणमा मारिएका स्थानीयहरूको एकिन संख्या आएको छैन।
म्यान्मारमा सैन्य ‘कू’ यता ज्यान गुमाउने नागरिकको संख्या ७ सय नाघेको असिस्टेन्स एसोसिएसन फर पोलिटकल प्रिजनर्स (एएपीपी) तथा म्यानमारको एक समाचार आउटलेटले जनाएको छ।
सैन्य 'कू'को विरोधमा उत्रेका प्रदर्शनकारीको सरकारद्वारा हत्या गर्ने क्रम रोकिएको छैन। १ फेब्रुअरी २०२१ मा सेनाले प्रजातान्त्रिक सरकारलाई अपद्स्थ गर्दै सैन्य व्यवस्था लादेको थियो। सेनाको यस कार्यको विरोध गर्दै म्यान्मारमा लोकतन्त्र पुन:स्थापनाका लागि संर्घष जारी छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया