बिएल संवाददाता
म्यान्मार 'सैन्य जुन्ता'ले आर्थिक राजधानी रंगुनमा एकैदिन कम्तीमा ८० प्रदर्शनकारीको हत्या गरेको छ।
प्रजातन्त्रको समर्थनमा सडक आन्दोलनमा उत्रिएका उनीहरूलाई सुरक्षाकर्मीले गोली हानी हत्या गरेको बर्मेली समाचार संस्था 'म्यान्मार नाउ'ले जनाएको छ।
सेनाले शुक्रबार र शनिबार दिनभर जसो बस्ती–बस्तीमा गोलीबारी गरिरहेको स्थानीय सञ्चार संस्थाले दाबी गरेका छन्। सञ्चारमाध्यम र प्रत्यक्षदर्शीका अनुसार रंगुनको उत्तर–पूर्वस्थित बागो शहरमा सुरक्षा बलले गरेको आक्रमणमा मारिएका स्थानीयहरूको एकिन संख्या आएको छैन।
म्यान्मारमा सैन्य ‘कू’ यता ज्यान गुमाउने नागरिकको संख्या ७ सय नाघेको असिस्टेन्स एसोसिएसन फर पोलिटकल प्रिजनर्स (एएपीपी) तथा म्यानमारको एक समाचार आउटलेटले जनाएको छ।
सैन्य 'कू'को विरोधमा उत्रेका प्रदर्शनकारीको सरकारद्वारा हत्या गर्ने क्रम रोकिएको छैन। १ फेब्रुअरी २०२१ मा सेनाले प्रजातान्त्रिक सरकारलाई अपद्स्थ गर्दै सैन्य व्यवस्था लादेको थियो। सेनाको यस कार्यको विरोध गर्दै म्यान्मारमा लोकतन्त्र पुन:स्थापनाका लागि संर्घष जारी छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया