
बिएल संवाददाता
म्यान्मारको सैन्य सरकारले हानेको गोली लागि दुई गोर्खाली (नेपालीभाषी) को निधन भएको छ।
भारतसँग सीमा जोडिएको म्यान्मारको टमूनगरमा बसोबास गर्ने गौतम दम्पत्ती किशन गौतम र हरिमाया गौतमलाई जुन्ता सरकारले हत्या गरेको छ।
नेपालीभाषी वरिष्ठ साहित्यकार लक्ष्मण न्यौपानेले रंगुनबाट दिएको जानकारी अनुसार गौतम दम्पत्ती दुध व्यवसाय गरेर बसेका थिए। ‘नेपालीभाषी दम्पत्तीलाई सैनिक परिषद्का सदस्यले गोली हानी हत्या गरेका छन्’, बर्मेली समाचारमाध्यम आरएफए बर्मिजले पनि यस कुराको पुष्टि गरेको छ।
‘उनीहरु दुध वितरण गर्न मोटरसाइकलमा निस्किएका थिए। सोही क्रममा सेनाले अन्धाधुन्ध गोली प्रहार गरेको थियो,’ बर्मेली नेपाली तुलसीराम खनालले बिएल नेपाली सेवासँग भने।
उनीहरूको तीन जना छोराछोरी छन्। टमू नगरमा साढे तीन सय नेपालीभाषी बसोबास गर्छन।
प्रजातान्त्रिक आन्दोलनमा नेपालीमूलका तीन जना गोर्खाहरूले हालसम्म ज्यान गुमाइसकेका छन्। यसअघि सान राज्यको उत्तरी क्षेत्र मुसेनगर होमुन ग्राममा ४३ वर्षीय सानाभाइ विश्वकर्मालाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरी हत्या गरेको थियो।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया