म्यान्मार आन्दोलनका क्रममा अहिलेसम्म ७०१ को मृत्यु, ३१ सय थुनामा

EPA/PA
EPA/PA

सैनिकले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यान्मारमा अहिलेसम्म कम्तिमा ७०१ जनाको मृत्यु भएको छ। 

आन्दोलनमा लागेकै आरोपमा अरु तीन हजार एक सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको विवरण सार्वजनिक भएको छ। 

गत फेब्रअरी १ तारिखका दिन म्यानमारको सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको छ। सेनाले सत्ता हातमा लिएदेखि नै म्यान्मारमा विरोध प्रदर्शन भइरहेको छ। 

अनुगमनकर्ताहरुले सार्वजनिक गरेको विवरणअनुसार अरु सयौँ व्यक्ति आन्दोलनका क्रममा घाइते भएका छन् भने कतिपयको अवस्था अझै अज्ञात रहेको छ। 

पछिल्लो पटक गत शुक्रबार मात्रै एकै दिनमा सुरक्षाकर्मीहरुको आक्रमणमा परी देशको बागो क्षेत्रमा कम्तीमा ८२ जनाको मृत्यु भएको थियो। केही हप्ता अगाडि म्यानमारमा प्रदर्शनकै क्रममा एकैदिनमा सयभन्दा बढीको हत्या भएको थियो। 

गत वर्ष सन् २०२० को नोभेम्बर ८ का दिन भएको निर्वाचन र त्यसको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले म्यानमारको सत्ता नियन्त्रणमा लिएको हो। 

सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ। उक्त चुनावमा आङ सान सुकी र उनको ‘नेशनल लिग फर डिमोक्यासी’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो। 

सेनाले सो निर्वाचन निश्पक्ष नभएको दाबी गर्दै फेरि निर्वाचन गराउन भन्दै सत्ता नियन्त्रणमा लिनुपरेको जनाएको छ। सेनाले निर्वाचन गराउने उद्देश्यका साथ एक बर्षका लागि संकटकालसमेत घोषणा गरेको छ। 

तत्कालीन नयाँ संसद्को पहिलो बैठक बस्न लागेकै दिन सेनाले सत्ता नियन्त्रणमा लिएपछि अहिले म्यानमारको राजनीति थप संकट तर्फ धकेलिएको छ। 

सेनाले नियन्त्रणमा रहनु भएकी नेतृ आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन्। उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ। 

न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उहाँका वकील मीन मीन सो एएफपीलाई बताएका छन्। पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको पनि वकीलले थप जानकारी दिएका छन्।  एएनआई



म्यान्मारमा जारी ‘कू’विरूद्धको आन्दोलनमा २५४ प्रदर्शनकारीको मृत्यु

म्यान्मार ‘कू’: मर्नुअघि ७ वर्षीया खिनको अन्तिम वाक्य, ‘भो बुवा अब खप्न सक्दिनँ’ (भिडियो)

म्यान्मार 'विद्रोही सेना'द्वारा सरकारी सेनाको चौकी कब्जा

म्यान्मारको प्रजातन्त्र पुनर्बहाली आन्दोलनमा डेढ महिनाभित्र ३२० जनाको हत्या, ३ हजार गिरफ्तार

म्यान्मार नरसंहारः एकै दिन ११४ प्रदर्शनकारी मारिए (भिडियो)

म्यान्मार सेनाको क्रूरताः दिनभर हिंसा, रातभर भव्य भोजको आयोजना

प्रकाशित मिति: : 2021-04-12 21:10:00

प्रतिकृया दिनुहोस्