एमालेको खनाल–नेपाल समूहले घोषणा गर्‍यो समानान्तर वागमती प्रदेश कमिटी

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समानान्तर प्रदेश कमिटी गठन गरेको छ।

काठमाडौंको बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा आयोजित समानान्तर कमिटी घोषणा गरिएको हो।

समानान्तर कमिटीको सह संयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाईं रहेका छन्।

यस्तै सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन्। १० जना पछि मनोनयन गरिने सो समूहले जनाएको छ।

उक्त समूहले बनाएको समानान्तर जिल्लाहरुमा इन्चार्ज र जिल्ला कमिटीमा पदाधिकारीहरु पनि चयन गरेको हो।

काठमाडौंमा इन्चार्ज सावित्रा भुसाल, सहइन्चार्ज सुरेन्द्र मानन्धर, अध्यक्ष बसन्त मानन्धर, उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव एमपी श्रेष्ठ तोकिएका छन्। काठमाडौं महानगर इन्चार्ज जीवनराम श्रेष्ठ तोकिएका छन्।

ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा, उपाध्यक्ष कृष्णमान लामा, सचिव प्रेम महर्जन, उपसचिव तारा सञ्जेल र महानगरपालिका अध्यक्षमा श्रीगोपाल महर्जन रहेका छन्।

चितवनमा इन्चार्ज कृष्ण खनाल र अध्यक्षमा तेजेन्द्र खड्का तोकिएका छन्।

मकवानपुरमा इन्चार्ज विरोध खतिवडा, अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, सचिव विष्णु ढकाल र उपसचिवको जिम्मा मिना लामालाई दिइएको छ।

भक्तपुरमा इन्चार्ज सोमप्रसाद मिश्र, अध्यक्ष रजन केसी र सचिवमा अनिल श्रेष्ठ रहेका छन्। रामेछापमा इन्चार्ज देवशंकर पौडेल, अध्यक्ष शान्ति पौडेल र सचिवमा ज्ञानकुमार श्रेष्ठ रहेका छन्।

सिन्धुपाल्चोक इन्चार्जमा अरुण नेपाल, अध्यक्षमा झंक नेपाल, उपाध्यक्षमा इन्द्रमाया गुरुङ, सचिवमा कमल नेपाल र उपसचिवमा सूर्य लामा रहेका छन्।

सिन्धुलीमा इन्चार्ज कमलजंग राई, अध्यक्षमा सूर्य पाख्रिन, उपाध्यक्षमा चित्रबहादुर लुमेली र सचिवमा तारानिधि पोखरेल रहेका छन्।

रसुवामा इन्चार्ज माधव अर्याल, अध्यक्षमा पेम्बा तामाङ र सचिवमा शिव लामिछाने रहेका छन्।

धादिङमा अध्यक्ष शिवराज कँडेल, उपाध्यक्षमा इन्दिरा ढुंगाना, सचिव सुवास खतिवडा र उपसचिवमा शम्भु थापा रहेका छन्।



कर्णालीमा एमालेका तीन मन्त्रीले दिए सामूहिक राजीनामा

प्रकाशित मिति: : 2021-04-06 14:25:00

प्रतिकृया दिनुहोस्