महेश नेपाली
कर्णाली प्रदेशका तीन मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन्।
नेकपा एमालेले माओवादी केन्द्रलाई दिएकाे समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्।
एमालेबाट सरकारमा सहभागी सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा याेजना मन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा दिनु अघि मन्त्री परिषद् बैठक बसेकाे थियाे। तीन जना मन्त्रीले राजीनामा दिएर नेकपा एमाले संसदीय दलकाे बैठकमा सहभागी भएका छन्।
राजीनामा बुझाएपछि उनीहरूले मन्त्रीका हैसियतले पाएको सेवा सुविधा पनि त्यागेका छन्।
गाडी पनि बुझाएपछि संसदीय दल बैठकमा सहभागी हुन उनीहरू मुख्यमन्त्री कार्यालयबाट पैदल गएका छन्।
नेकपा विभाजनपछि एमालेले चैत्र ५ गते माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बाेलाउने निर्णय गरेकाे थियो।
कर्णाली प्रदेश सभामा ४० जना सांसदमध्य माओवादी केन्द्रले दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारवाही गरेकाे पत्र संसदलाई बुझाएको छ।
अब प्रदश सभामा ३९ जना संसद छन्। यी मध्य नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना सांसद छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया