महेश नेपाली
कर्णाली प्रदेश सरकारमा एमालेकाे तर्फबाट मन्त्रिपरिषदमा रहेका तीन जना मन्त्रीले संयुक्त रुपमा राजीनामा दिने तयारी गरिरहेका छन्।
वर्तमान सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वकाे सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले संयुक्त रुपमा राजीनामा दिने तयारी गरिरहेकाे मन्त्री दल रावलले बताए।
'हिजो बसेको संसदीय दलको बैठकमा मन्त्रीले मार्ग प्रशस्त गर्ने प्रस्ताव म आफैँले राखेको हो,' उनले भने, 'त्यहि आधारमा हामी भोलि बस्ने बैठक अगाडि नै राजीनामा दिन्छौं र संसदीय दलको बैठकमा जानेछौं।'
आइतबार बसेको दलको बैठकले नेकपा एमालेलाई एक ढिक्का बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रदेशमा एमालेको नेतृत्वमा सरकार बनाउन आवश्यक कदम चालिएको सांसद दानसिंह परियारले बताए।
उनले भने, 'हाम्रा मन्त्रीहरुले हालसम्म गरेका कार्यप्रगतिको विवरणसहित राजीनामा दिने तयारी गरिरहनुभएकाे छ।'
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया