कर्णालीमा सामूहिक राजीनामा दिने तयारी गर्दै एमालेका तीन मन्त्री

फाइल तस्वीर
फाइल तस्वीर

कर्णाली प्रदेश सरकारमा एमालेकाे तर्फबाट मन्त्रिपरिषदमा रहेका तीन जना मन्त्रीले संयुक्त रुपमा राजीनामा दिने तयारी गरिरहेका छन्।

वर्तमान सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वकाे सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले संयुक्त रुपमा राजीनामा दिने तयारी गरिरहेकाे मन्त्री दल रावलले बताए।

'हिजो बसेको संसदीय दलको बैठकमा मन्त्रीले मार्ग प्रशस्त गर्ने प्रस्ताव म आफैँले राखेको हो,' उनले भने, 'त्यहि आधारमा हामी भोलि बस्ने बैठक अगाडि नै राजीनामा दिन्छौं र संसदीय दलको बैठकमा जानेछौं।'

आइतबार बसेको दलको बैठकले नेकपा एमालेलाई एक ढिक्का बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रदेशमा एमालेको नेतृत्वमा सरकार बनाउन आवश्यक कदम चालिएको सांसद दानसिंह परियारले बताए।

उनले भने, 'हाम्रा मन्त्रीहरुले हालसम्म गरेका कार्यप्रगतिको विवरणसहित राजीनामा दिने तयारी गरिरहनुभएकाे छ।'



कर्णाली प्रदेश–सरकारका तीन एमाले मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने

कर्णाली प्रदेश–सरकार बनाउन एमालेको पहल, यामलाल कँडेलको मुख्यमन्त्री बन्ने तर्खर

प्रकाशित मिति: : 2021-04-05 12:29:00

प्रतिकृया दिनुहोस्