महेश नेपाली
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले मन्त्रालयबाट बिदा लिएका छन्।
पार्टीको निर्णय अनुसारनै उनले राजीनामा दिने गरी मन्त्रालयबाट बिदा लिएकाे मन्त्रालय स्राेतले जनाएको छ।
कर्णाली प्रदेश सरकारमा एमालेकाे तर्फबाट मन्त्री बनेका रावलसँगै अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले संयुक्त रुपमा आजै मन्त्रीपदबाट राजीनामा दिन लागेका छन्।
त्यसका लागि अर्थ मन्त्रालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन आयाेजना गरिएकाे सांसद दानसिंह परियारले जनकारी दिए।
एमाले आइतबार बसेको संसदीय दलको बैठकले आफ्नाे तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई राजीनामा दिन लगाउने निर्णय गरेको थियो।
कर्णालीमा एमालेले नयाँ एक्लैले बनाउन प्रयास गरिरहेको छ। यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिसकेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया