एमालेको वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले वागमती प्रदेशसभा सदस्य वसन्त मानन्धरको नेतृत्वमा 'काठमाडौं जिल्ला समानान्तर कमिटी' घोषणा गरेको छ।
बुद्धनगरस्थित पार्टी प्यालेसमा आइतबार आयोजित भेलाले मानन्धरको नेतृत्वमा आज २२५ सदस्यीय समानान्तर जिल्ला कमिटी घोषणा गरेको हो।
समितिको उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र उपसचिवमा एलपी श्रेष्ठ चुनिएका छन्। भेलामा नेताद्वय नेपाल र खनाल पनि उपस्थित थिए।
नेकपा एमालेको खनाल–नेपाल समूहले समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ।