बेलायती राजकुमार ह्यारीले शुरू गरे जागीर, अमेरिकामा मिश्रित प्रतिक्रिया

बिएल संवाददाता

सान्फ्रान्सिस्को, अमेरिका

बेलायती पूर्व राजकुमार ह्यारी एक अमेरिकी कम्पनीको जागीरे भएका छन्। उनले क्यालिफोर्नियाको सिलिकन भ्यालीस्थित एक स्टार्टअप कम्पनी बेटरअपको चिफ इम्प्याक्ट अफिसरका रूपमा जागिरे जीवन सुरू गरेका हुन्। 

बेटरअपले मानसिक स्वास्थ्य्य समस्यामा रहेका मानिसलाई प्रशिक्षण र सेवाहरू उपलव्ध गराउँछ। ह्मयारी अब त्यही कम्पनीको उत्पादन रणनीति, सेवादायी योगदान, मानसिक स्वास्थ्यका बारेमा पैरवीलगायतका गतिविधिको हिस्सा बन्नेछन्। 

ह्यारीले जागीर सुरू गरेकोमा अमेरिकामा मिश्रित प्रतिक्रिया मिलेको छ। केहीले ह्यारीको निर्णयको स्वागत गरेका छन् भने केहीले भने उनी एकपछि अर्को गलत निर्णय गर्दै बेलायती राजघरानाको प्रतिष्ठामाथि खेलिरहेको बताएका छन्। 

एक सामान्य स्टार्टअप कम्पनीमा जागीर सुरू गरेर बेलायती राजघरानाको प्रतिष्ठा दाउमा लगाएको उनीहरूको आरोप छ। तर, उनका पक्षधरहरू राजुकमारले स्वतन्त्रता र परिवारलाई महत्व दिएर अनुपम उदाहरण प्रस्तुत गरेको बताउँछन्। 

राजुकमारले जागीर सुरू गरेको कम्पनीका प्।वक्ताले पुष्टी गरे पनि उनको पारिश्रमिक र सुविधाका बारेमा बताइएको छैन। 

उता, बेलायती राजदरवार बंकिघमले भने यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन। 

बेलायती राजघरानामा रंगभेदको शिकार बनेर राजपरिवार नै छोडेर अमेरिका बसाइ सरेका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केल केही समययता चर्चाको शिखरमा छन्। त्यसमा पनि ओप्रा विन्फ्रेलाई दिएको एक विशेष अन्तर्वार्तापछि उनीहरूको चर्चा चुलिएको छ। यो चर्चासँगै उनीहरूप्रति अमेरिकीको सहानुभूति बढेको छ भाने बेलायती राजपरिवारप्रतिको घृणाको पारो पनि बढेको छ। 

 

प्रकाशित मिति: : 2021-03-24 00:27:00

प्रतिकृया दिनुहोस्