कक्षा १२ काे परीक्षा सर्‍याे अब वैशाख २१ देखि

राष्ट्रिय परिक्षा बाेर्डले कक्षा १२ काे परीक्षा वैशाख २१ गतेदेखि सारेकाे छ। यसअघि यही वैशाख ११ गतेदेखि परीक्षा मिति ताेकिएकाे थियाे। 

त्यहीअनुसार सम्पूर्ण तयारी भए पनि आन्दाेलनरत शिक्षकहरूले भने परीक्षालाई नसघाउने भनेका थिए। 

मंगलबार बिहान बसेकाे बाेर्डकाे बैठकले निजामति कर्मचारीहरूलाई परिचालन गरेर भए पनि परीक्षा ताेकिएकै मितिबाट सुरु गर्ने निर्णय गरेकाे थियाे र शिक्षकहरूलाई साथ दिन आह्वान गरेकाे थियाे। 

मंगलबार पनि शिक्षकहरूले आन्दाेलन जारी राखे। उनीहरू गत चैत २० गते देखि नै सबै शैक्षिक कार्यक्रमहरूमा सहभागी नहुनेगरी आन्दाेलनमै छन्। 

यही आन्दाेलनका बीच साेमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन्। मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा स्थगित गरेर नयाँ तालिका सार्वजनिक गर्न बाेर्डलाई निर्देशन दिएका थिए। 

शिक्षकहरूले भने विद्यालयका अरु कर्मचारीहरूलाई पनि तालाचाबी लिएर आन्दाेलनमा आउन निर्देशन दिएका थिए। 

शिक्षा ऐनकाे माग गर्दै महिनादिनदेखि आन्दाेलन गरिरहेका शिक्षकहरूलाई भने प्रधानमन्त्री ओलीले खिसिट्युरी गर्दै आएका छन्। 

प्रकाशित मिति: : 2025-04-22 21:34:00

प्रतिकृया दिनुहोस्