शरीरको लागि भिटामिन-सी किन आवश्यक?

बिएल संवाददाता

काठमाडाै‌ं
Lokpath

लाखौं साना कोषहरू मिलेर शरीर बनेको छ। भिटामिन-सीले यी कोषहरूलाई स्वस्थ राख्न मद्दत गर्दछ।

यदि कोषहरू स्वस्थ भयो भने यसले प्रत्यक्ष रूपमा हाम्रो छालालाई असर गर्दछ। छाला उज्यालो देखिनुका साथै बढ्दो उमेरको प्रभाव पनि कम देखिन्छ। यस बाहेक भिटामिन-सीले हड्डीहरूलाई स्वस्थ बनाएर घाउहरू निको पार्न पनि मद्दत गर्दछ।

एक अनुसन्धानले भन्छ, भिटामिन-सीले शरीरमा छिटो फैलिरहेको क्यान्सरलाई नियन्त्रण गर्न मद्दत गर्दछ। भिटामिन-सी को प्रयोगको कारण, बिरामीलाई चेमो र रेडिएसन थेरापीको कम आवश्यकता पर्छ।

यसमा उपस्थित एन्टिआक्सीडन्टहरूले क्यान्सर पैदा गर्ने फ्रि-रेडिकलहरूलाई हटाउन कोसिस गर्छ। यी फ्रि-रेडिकलहरूले हृदय रोग र गठियाको जोखिम पनि बढाउँछन्।

यी लक्षणहरुले शरीरमा भिटामिन-सीको कमि भएको कुरा पुष्टी गर्छ:
•    कमजोरी हुनु 
•    दात कम्जोर रहनु 
•    गिजाबाट रगत आउनु 
•    छाला र कपालमा सुखापन आउनु 
•    जोर्नीहरु दुख्नु 
•    घाउ निको हुन समय लाग्नु

किन भिटामिन-सी महत्त्वपूर्ण छ त? यसका केहि फाइदाहरु:

•    छालामा देखिने बढ्दो उमेरको प्रभाव घट्छ
•    स्ट्रोकको जोखिम ४२ प्रतिशतले घट्छ
•    रक्तचाप नियन्त्रण गर्दछ
•    शरीरको इम्युनिटी बढाउछ
•    घामबाट छालाको सुरक्षा गर्छ 
•    रोगहरु संग लड्ने क्षमता बढाउछ
केवल औषधीहरुमा मात्र भिटामिन-सी हुदैन। भिटामिन-सी विभिन्न प्रकारका साग सब्जी र फलफुलहरुमा पाइने गर्छ।

बिषेस गरेर सुन्तला, ब्रोकाउली, टमाटर, किवी, रातो खोर्सानी, केरा, आदिले भिटामिन-सी को कमि पुरा गर्छ।

मौसम परिवर्तन हुँदैछ, हिजोआज त्यस्ता फलफूल र तरकारीहरू सजिलैसँग उपलब्ध हुन्छन् जस्मा भिटामिन-सी प्रचुर मात्रामा पाइन्छ।

प्रकाशित मिति: : 2021-02-21 12:55:00

प्रतिकृया दिनुहोस्