हुम्ला पुग्यो टर्कीको च्यान्दुलर ओखर

Janatapati

दुई वर्षमै फल दिने च्यान्दुलर ओखर टर्कीबाट आइपुगेको छ।

 यो याममा हुम्लामा स्याउ, ओखर लगाउने समय भएकाले टर्कीबाट मगाइएको ओखर जिल्लामा आइपुगेको हो।

ओखरका दाना गुणस्तरीय हुनुका साथै गुदीको मात्रा बढी हुने भएपछि किसान यो ओखर लगाउन आकर्षित भएपछि टर्कीबाट बिरुवाको बिक्रीवितरण गरिएको कृषि प्राविधिक सुन्दर रावतले बताए।

किसान व्यावसायिक रुपमा ओखर खेतीमा लागेपछि ओखरका बिरुवा विदेशबाट जिल्लामा भित्रिएको निजीस्तरका ओखरको बिरुवाको बिक्रीवितरण गर्दै आएका कृषि प्राविधिक रावतले जानकारी दिए।

गत वर्षबाट हुम्लामा यो ओखर भित्रिन थालेको र गत वर्ष उक्त ओखरका बोट हुम्ला भित्रिएका थिए। उक्त ओखरले यस वर्ष फल दिनेछन्। छोटो अवधिमा फल दिने भएका कारण यस वर्ष मागअनुसार दुई हजार बिरुवा जिल्लामा पुगेर बिक्री भएको उनले बताए। एक जना किसानले पचास बोटसम्म स्याउ बगैँचामा लगाउने गरेका छन्।

प्रतिबोट रु एक हजारमा बिक्री हुनुका साथै च्यान्दुलर ओखर सिमकोट गाउँपालिकाले एक हजार बोट र अदानचुली गाउँपालिकाले ५०० बोट किनिसकेका छन्। बाँकी पाँच सय बोटको पनि अगुवा स्याउ किसानबाट माग आएको छ। रासस

प्रकाशित मिति: : 2021-02-10 14:06:00

प्रतिकृया दिनुहोस्