काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम शून्यमा झरेको छ।
आज विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ थियो। पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ०.८ डिग्री सेल्सियस पुगेको मौसमविद राजु प्रधानांगले जानकारी दिए।
काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै बिहीबार यस वर्षकै बढि चिसो महसुस गरिएको छ।
सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ। यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस छ।
काठमाडौँसहित देशभर चिसो बढेको छ। तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ। काठमाडौं उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद प्रधानाङ्गले बताए।
‘उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै छ’, मौसमविद प्रधानाङ्गले भने।
तराई मधेसका जिल्लामा बिहान लागेको हुस्सु कुहिरो अहिले भने बिस्तारै हट्दै गएको पनि बताए। पानी पर्ने प्रणाली भने तत्काल नदेखिएको उनले बताए।