जुम्लाकाे तापक्रम माइनसमा, काठमाडौंमा पनि जाडाे बढ्दै

तस्वीर: Paspotlive.com
तस्वीर: Paspotlive.com

जुम्लामा तापक्रम माइनसमा झरिसकेकोे छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लामा हिजोबाट न्यूनतम तापक्रम माइनसमा झरेको हो।

त्यहाँ हिजो न्यूनतम तापक्रम माइनस १ दशमलव ५ मापन गरिएको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। 

अस्तिसम्म जुम्लाको न्यूनतम तापक्रम १.६ डिग्री सेल्सियस थियो।

उनका अनुसार काठमाडौं उपत्यकामा अधिकतम तापक्रम २५ डिग्री र न्यूनतम १४ डिग्रीसम्म देखिएको छ।

एक हप्ताअघि उपत्यकाको अधिकतम २८ थियो भने न्यूनतम १७ डिग्री सेल्सियस थियो।

माैसमविद् श्रेष्ठका अनुसार अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश १ र बाग्मती प्रदेशका केही भूभागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति: : 2020-10-27 08:46:00

प्रतिकृया दिनुहोस्