ट्रम्पका १४ वर्षीय छोरा कोरोना संक्रमित भएको खुलासा

बिएल संवाददाता

न्यूयाेर्क
Melania Trump says her symptoms were 'minimal' and that she hoped to resume her duties as first lady soon [File: Evan Vucci/ AP Photo]
Melania Trump says her symptoms were 'minimal' and that she hoped to resume her duties as first lady soon [File: Evan Vucci/ AP Photo]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छो छोरा ब्यारन ट्रम्पलाई कोरोना भाइरसको संक्रमण भएको छ।

प्रथम महिला मिलानिया ट्रम्पले १४ वर्षका छोरा ब्यारनमा कोरोना भाइरसकाे संक्रमण भएको पुष्टि गरेकी हुन्। यद्यपी कोरोना भाइरसबाट संक्रमित भएका ब्यारन अहिले संक्रमण मुक्त भइसकेको जनाइएको छ।

‘रोगसँग लड्ने बलियो क्षमला भएको किशोर हो उ। उसमा हुनै त्यस्तो कोरोनाको लक्षण देखिएको छैन। उ अहिले स्वास्थ छ,’ उनले भनेकी छिन्।

पारिवारिक स्रोतले यसरी मिडियामा खुलेर ब्यारन संक्रमित भएको खबर दिएका थिएनन्। तर उनी निकोभएपछि मात्रै यो खबर बाहिरिएको हो। यद्यपी उनी पूर्ण रुपमा निको भएरनभएको भन्ने प्रमाण अझै पनि लुकाइएको छ।

यसका साथै उनको कोरोना परीक्षण ट्रम्प र मिलानियासहित ह्वाइट हाउसका उच्च अधिकारीहरु कोरोना भाइरसबाट संक्रमित हुँदा गरिएको थियो वा पहिल्यै गरिएको थियो भन्ने पनि खुलाइएको छैन। 

हुन त ट्रम्प र मिलानिया कोरोना भाइरस संक्रमणमुक्त भइसकेका छन्। उनीहरु अहिले ह्वाइट हाउस फर्किसेका छन्। ट्रम्प अस्पताल भर्ना भएको ३ दिनमै डिस्चार्ज भएका थिए। उनकी पत्नी भने होम क्वारेन्टाइनमा बसेकी थिइन्। उनीसँगै उनको छोरा  ब्यारन पनि होम क्वारेन्टाइनमा बो बुझिएको छ।

‘ब्यारन संक्रमित भएपछि त्रास यथार्थमा परिणत भएको छ। मलाई उनको चिन्ताले सताउने गर्‍थो। उता मेरो पतप पनि संक्रमित भएर अस्पातलमा थिए। यद्यपी हामीसबैले कोरोना भाइरसलाई पराजित गरेका छौं।हामी खुशी छौं,’ मिलानियाले भनेकी छिन्।

यता चुनावी अभियानका लागि बुधबार आयोवा जाने क्रममा ट्रम्पले पत्रकारले सोधको प्रश्नको जवाफ दिँदै आफ्नो कान्छो छोरा स्वास्थ्य रहेको बताएका थिए।

विज्ञहरुका अनुसार सेप्टेम्बर २६ मा ह्वाइट हाउसमा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश एमी कोनी ब्यारेटको नाम घोषणा गर्ने क्रममा उच्च अधिकारीमा संक्रमण फैलिएको हो। कायक्रममा धेरै मानिसहरुको उपस्थिति थियो।

वरिष्ठ भाइरसविज्ञ डा एन्थोनी फाउचीले त ह्वाइट हाउसमा ‘सुपरस्प्रेडर इभेन्ट’ गरिएको भन्दै आलोचना समेत गारेका थिए।

डा फाउचीले उक्त कार्यक्रम कोरोना भाइरसको संक्रमणको केन्द्रका रुपमा देखिएको पनि बताएका थिए।

कार्यक्रममा सहभागी भएका ट्रम्प आफै पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए भने उनका सहयोगी तथा सल्लाहकारसहित ह्वाइट हाउसका कर्मचारी, रिपब्लिकन सिनेटर, सरक्षा मन्त्रालयका उच्च अधिकारीहरुसहित कोरोना भाइरसबाट संक्रमित भएका थिए।

अमेरिकामा ७८ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । अहिलेसम्म दुई लाख १६ हजार भन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित मिति: : 2020-10-15 07:00:00

प्रतिकृया दिनुहोस्