किसान जसले अन्नबाली उत्पादन गरी मानिसकाे जीवन सहज बनाउने काम गर्छन्। उनीहरू खेतबारीमा पसिना बगाउँछन्। मिहेनतका साथ अन्न उत्पादन गर्छन्। उनै किसानले देशकाे अर्थतन्त्रमा ठूलाे याेग्दान गर्छन्।
आफ्नाे उत्पादनले अरूकाे ज्यान बचाउँने किसान भने सधै विभिन्न कठिनाईसँग जुध्नु पर्छ। नेपालमा कृषक प्राकृतिक समस्यासँग मात्रै नभएर प्रशासनिक समस्याबाट पनि जुध्नु पर्ने बाध्यता रहेकाे छ। सरकारले समयमै कृषि उपज तथा साधन स्राेतकाे व्यवस्थापन नगरिदिँदा उत्पादनमा ह्रास आउन थालेकाे छ। कृषि उत्पादनमा ह्रास आउनुमा सरकार पनि मुख्य कारण हाे।
बिशेष गरी सरकारले कृषि क्षेत्रमा धेरै बजेट विनियाेजन गर्दै आए पनि कार्यन्वयन, प्रार्दशिताकाेकाे अभावका कारण किसानले कहिले राहतकाे महशुस गर्न पाएका छैनन्।
कृषकका समस्याप्रति तीन वटै तहका सरकार संवेदनशील रहेको पाइदैन। केन्द्र सरकारले किसानको कुरा सुन्दैन। प्रदेश सरकारलाई केन्द्रले अपच गेडागुडी नै मानेको छ। बजेट छुट्या पनि किसानको समस्याको बारेमा स्थानीय सरकार त झन भुलभुलैयामा नै छन। त्यसलै किसानका खेत बारीहरु बाँझो किन नहुनु ? त्यसमा पनि यसवर्ष कोरोना संक्रमणकाे जोखिम बढ्दो छ। किसानहरू कुटो, कोदाली र हलो लिएर खेतबारीमा जान समेत डराउनु पर्ने अवस्था छ।
केही मात्रामा भए पनि नेपाल सरकारले काेराेना खाेप अभियान सञ्चालन गरेकाे छ। तर, किन कृषक अभियानकाे प्रथामिकतामा परेनन् ? ट्रक चालकहरूकाे लागि खाेप अभियान चल्दा कृषकहरूमा खाेप अभियान किन चलेन् ? के सरकारले स्वदेशकाे उत्पादनलाई उपेक्षा गरेर विदेशी उत्पादन भित्र्याउन चाहान्छ ?
विशेषत तराई क्षेत्रमा मानिसकाे आम्दानीको मुख्य श्रोत कृषि हाे। बाह्य आम्दानीको श्रोत पनि हुँदैन। सरकारले समयमै स्राेत साधनकाे व्यवस्थापन नगर्दा कृषक नै पलायन हुने अवस्था नआउला भन्न सकिदैन्।
गाउँ घरमा बजेट आएको सुनिन्छ। तर नेताका परिवार र कुटुम्वादको हालिमुहाली चल्छ। विकासको त के कुरा ? विकास भनेकाे त असार मसान्तमा मात्रै हाे। अन्तिम समय एक दुई हप्तामा घर तोडौ कि ग्रेटर चलाउ, कमसल सामान लिएर विकासकाे काम गर्छन्। जनताको त गुनासो कस्ले सुन्ने ?
फाइल नबुझाए पैसा ब्लक रे ! हाकिमले चाडो कागज पत्र बुझाउन भन्छ,अधुरो बिकास कामै नभएको योजनाहरुको हतारमा बिल हाल्ने चटारो अधुरो बिकासको अधुरो बिल भरर्पाइ अध्यक्ष र मेयरको खल्तीमा! कन्टाहा ब्राह्मण जस्तै चुलोमा गाग्रो राखी जजमान को मृत्यु कुर्नेहरु पैसा निकाल्ने र साडी र पोशाक लगाउँदै यसपालिको भ्रमण कुन ठाउँमा जाने भनेर सोच्ने ? स्थानीय तहकाे झन के कुरा ? उत्तरतिर पहलमानको दाउ,दक्षिणमा बलरामको लिला, पूर्वमा झुम्का बरैली नै सजिएको गिपिचन, पश्चिममा पाँच लाखमै चन्द्राबती हरण। राजा हरिश्चन्द्र कि मोहबा लडाइँ ?
जे कुरामा पनि बाउ, छोरा र बुहारीको लिला। जातीय भ्रुणको सम्बोधन। कोहि कतै भेटिएन भने दोष महिम। अझै कोइ भेटाएन भने नरुचाएकोबाट पनि अलुवा तौलिन लगाउने। यो सबै नैतिक पतन भएका बौद्धिकता नभएका जनप्रतिनिधि र भ्यागुतो खाने शुरमा प्वाल खोज्दै हिड्ने हाकिम कर्मचारीहरुको भ्रष्ट चरीत्रको कारण हो।
उता खेतमा किसानको सास्ती यता नेताहरूको असारे बिकास ! जनप्रतिनिधिहरुसँगै टाँसिनु छैन। राजनीतिक नैतिकता, जनमुखी बौद्धिकता नभएको जनप्रतिनिधि समाज कल्याणको निम्ति नहुनसक्छ। उनिहरु ब्यक्तिगत, परिवारिक बिकास र सता स्वार्थमा भुलेकाछन्।
जय स्थानीय सरकार।