वीरगन्जस्थित नारायणी अस्पतालमा गए राति गरिएको परीक्षणमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
थपिने संक्रमितहरु पर्सा, बारा, चितवन, सर्लाही, ललितपुर, मोरङ र सुनसरीका छन्।
पर्सा र बाराका विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ९८ जनाको स्वाबको नमूनालाई परीक्षण गर्दा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पर्साका ८ जना, बाराका १२ जना, सर्लाहीका १, सुनसरीका १, मोरङका १, ललितपुरका १ र चितवनका १ जना गरी २५ जना थपिएका हुन्। संक्रमितहरुमध्ये २० जना पुरुष र ५ जना महिला हुन्।
थपिएकामध्ये वीरगन्जस्थित सिद्धाथ बैंकका १ जना र एसबीआई बैंकका १ जना कर्मचारी हुन्। त्यस्तै, वीरगन्ज महानगरको वडा नं. ४ र १० का एक एक जनाका साथै वडा नं. ३० का २ जनामा संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए ।
पर्साको ग्रामिण क्षेत्र पकहामैनपुर गाउँपालिका वडा नं. ५ कै १ जना पनि संक्रमित भएका छन् । उता, बाराको कलैया उपमहानगरको वडा नं. ५, १९, र २१ का एक एक जना संक्रमित भएका छन् भने बारास्थित चन्दननाथ गणका एक जनामा पनि संक्रमण देखिएको छ ।
जीतपुर सिमरा वडा नं. १५ का १ जना, करैयामाई गाउँपालिकाको वडा नं. २ का १ जना र कोल्हबी नगरपालिकाको वडा नं. ४ का ६ जनामा पनि संक्रमण देखिएको छ ।
सर्लाहीको धमुताल नगरपालिका वडा नं. ३ का १ जना, चितवनको राप्ती नगरपालिका वडा नं. ८ का १ जना, सुनसरीका १ जना, मोरङको रंगेली नपरपालिकाका १ जना र ललितपुर महानगरका १ जनामा पनि संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेस चौरसियाले जानकारी दिए।
थपिएका संक्रमितहरुको सिटी भ्यालु १८ देखि ३६ सम्म रहेको डा. चौरसियाले जानकारी दिए।