बीपी प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित मृत्यु

 धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।

सुनसरीको धरान २ का ८९ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

यही असोज २३ गते प्रतिष्ठानमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा उच्च रक्तचापको पनि समस्या थियो । 

यसैबीच नोबेल मेडिकल कलेज विराटनगरमा सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको छ ।

प्रकाशित मिति: : 2020-10-12 12:15:00

प्रतिकृया दिनुहोस्