पोखरामा कोरोना भाइरस संक्रमणबाट थप एक पुरुषको मृत्यु भएकाे छ।
पोखरा ८ का ७८ वर्षीय वृद्धको उपचारकाे क्रममा शुक्रबार निधन भएको छ ।
पोखराकै चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
उनी विगत ३ दिनदेखि ज्वरो, रुघाखोकी र झाडापखालाको बिरामी थिए ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।