भारतमा कोरोना संक्रमित ६९ लाख नाघे

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६९ लाख नाघेको छ। अहिलेसमम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ लाख ६ हजार १५२ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

 पछिल्लो २४ घण्टामा मात्र कोरोनाका ७० हजार ४९६ नयाँ संक्रमित थपिएका हुन्।

कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ६ हजार ४९० पुगेको मन्त्रालयले जनाएकाे छ। 

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ९६४ जनाको मृत्यु भएको छ। भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो। अहिलेसम्म अमेरिकामा कोरोनाका ७६ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन्।

कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने भारत तेस्रो स्थानमा छ। अमेरिकामा  दुई लाख १२ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा कोरोनाबाट एक लाख ४८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।

अहिलेसम्म भारतमा ५९ लाख ६ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन्।

प्रकाशित मिति: : 2020-10-09 13:08:00

प्रतिकृया दिनुहोस्