वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका एकजनालाई कोरोना सङ्क्रमण भएको छ ।
मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ ।
परिवारको सदस्यलाई सङ्क्रमण पुष्टि भएपछि काफ्ले १५ दिनदेखि घरमै बस्नुभएको र कार्यालयमा उहाँको कसैसँग भेटघाट नभएको बुभिएको छ ।
सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको र अहिले आफू होेम आइसोलेसनमा रहेको काफ्लेले बताए।
सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०९१५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताए।
काफ्लेलाई सङ्क्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ ।
‘मुख्यमन्त्रीज्यूले विगतदेखि नै पर्याप्त सामाजिक दूरी र उच्च सावधानी अपनाएर आफ्ना कार्य गर्दै आउनुभएको छ, त्यो निरन्तर रहन्छ’, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले भने।
भेटघाटलाई भने न्यून पारिएको उनको भनाइ छ ।