नेपालमा फोन गरेर भनौं: यसपटक ओली, छोटे ओलीहरू र ओमालेलाई भोट हैन चोट

गैरआवासीय नेपालीका आफन्तले नदिनु होला: ओमाले, ओली र छोटे ओलीहरूलाई भोट !

एमाले अध्यक्ष ओलीले चाहेको भए यतिबेला गैरआवासीय नेपाली पनि नागरिकता पाउँने प्रक्रियामा हुने थिए। तर, दुभार्ग्य ओलीले चाहेनन्, उनले नचाहेपछि एमालेले त चाहने कुरै भएन। कुरा यतिमा मात्र सिमित भएन, विधेयक पारित भएर दुई दुईचाोटि राष्ट्रपति कार्यालय पुग्यो। तर, त्यहाँ पनि ओलीको मनमौजी चल्यो। उनकै कृपाबाट राष्ट्रपति भएकी विद्या भण्डारीले संविधानको उलंघन गरेरे भए पनि विधेयक प्रमाणित नगरेर म्याद गुजारी दिइन्। 

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका लाखौं गैरआवासीय नेपालीका लागि ओली र ओलीको पार्टीले दिएको एक कहिलै भुल्न नसकिने सजाय हो। यतिको सजाय दिदा पनि विश्वभर छरिएर रहेका ओलीभक्तहरूले एक शव्द बोलेनन्। बरू, विधेयकमै नभएको प्रावधानका बारेमा ' एक हातमा सिन्दुर अर्को हातमा नागरिकता' जस्ता अन्टसन्ट बोलेर भ्रम छरिरहे। 

ओलीको यो कपटलाई गैरआवासीय नेपाली संघ र यो संघका मसिहाहरूले चिर्न सकेनन्। चिर्न नसक्नुको मूल कारण यदि गैर आवासीय नागरिकताको व्यवस्था भयो भने गैरआवासीय नेपाली नागरिकताका नाममा राजनीति गर्ने उनीहरूको मुद्दा नै सधैंका लागि सकिने थियो। केहीले राजनीति र प्रशासनिक अधिकारसहितको हुँदै नहुने गैरआवासीय नागरिकता वा दोहोरो नागरिकताको कुरा गरेर अत्तो थापे।

मंसिर ४ गतेको महानिर्वाचन अब केही दिन मात्र बाँकि छ। यो दिन गैरआवासीय नेपालीहरूले नागरिकता दिनबाट रोक्ने ओली र उनको दललाई  चिनेर उचित सजाय दिने दिन बनाउनु पर्छ । भनाइ नै छ जस्तालाई त्यस्तै, ढिढालाई निस्तै। 

यसका लागि नेपाल फर्केर आफैं मतदान त गर्न सकिन्न। गर्न सकिने भनेको नेपालमा आफ्ना आफन्त, साथीसंगीहरूसँग कुनै न कुनै सञ्चारको माध्यमबाट जोडिएर उनीहरूलाई ओली र छोटे ओलीहरूको विपक्षमा मतदान गर्न आग्रह गर्न सकिन्छ। यसो गर्न सकिएन भने फेरि पनि संसदमा ओली र छोटे ओलीहरूकै हालीमुहाली हुन्छ र उनीहरूले गैरआवासीय नेपाली नागरिकताको प्रावधानमा तगारो लाइरहन्छन्। यसरी चुनिएर गएकाले नै राष्ट्रपति छान्ने भएकाले फेरि पनि शितलनिवासमा उनीहरुकै रबरस्ट्याम्प पुग्छन्। देखेकै हो, गणतन्त्र नेपालकी राष्ट्रपतिले ओलीका लागि राति २ बजे शीतल निबासको ढोका खुल्ला राखेर संसद विघटन गरिदिएको। पछि, अदालतले गलत भनेर फैसला गरिदियो तर शीतल निबासलाई कति पनि लज्जाबोध भएन। कानूनी रूपमा त संवैधानिक राष्ट्रपति हो, यस्ता कुरामा कानून लाग्ने कुरै भएन। लाग्नुपर्ने लाज हो, त्यो पनि पचेपछि के हुन्छ र ? भनाइ नै छ, लबस्तराको लाज हुँदैन। र, लाजको कुनै ओखति पनि हुँदैन।

संसारभर छरिरएर रहेका नेपालीलाई गैरआवासीय नागरिकताबाट बञ्चित गर्ने ओली हुन्। उनकै इशारामा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगरिदिएर गैरआवासीय नेपालीको सपना तुहाइ दिइन्। त्यसैले गैरआवासीय नेपालीले मंसिर ४ को महानिर्वाचनलाई  ओली, उनको ओमाले पार्टी र 'छोटेओलीहरू'सँग बदला लिने दिन बनाऔं। नेपालमा फोन गरौं र उनीहरूको विपक्षमा भोट दिन आग्रह गरौं।

यो पंक्तिकार सबै गैरआवासीय नेपाली नागरिकलाई आग्रह गर्दछ, यसपटक ओली र छोटे ओलीहरूको विपक्षमा मतदान गरेर उनीहरूले हाम्रो गैरआवासीय नेपाली नागरिकताको संवैधानिक अधिकार नै खोसिदिएकोमा बदला लिऔं। त्यसका लागि आजै नृपालमा भएका आफन्त र साथी-संगीलाई झापा ५ का ओली र बाँकि देशका १६४ क्षेत्रमै उठाइएका छोटे ओलीका विरूद्ध मतदान गर्न आग्रह गरौं। हामीलाई यो अधिकारबाट बञ्चित गर्ने एमाले हो र त्यसको चुनाव चिन्ह सूर्य हो, त्यसमा यसपटक कहीँ पनि मत नहाल्न आग्रह गरौं। 

अझ, एमालेको भलो चाहने र नेपालमा वामपन्थी दलको भविष्य खोज्नेले त यसपटक सूर्यमा मत हाल्नै हुन्न। यसो गरियो भने मात्र ओली र छोटे ओलीहरू हार्छन्। यसो हुँदा तत्कालका लागि एमाले र नेपालको वामपन्थी दल हारेको देखिएला तर प्रकारान्तरमा जीत हुन्छ। यस्तो नेतृत्व र प्रवृति पालेर न एमालेको भलो हुन्छ न वामपन्थी शक्तिको। यसबाट हुन भनेको दुबैको सत्यानास मात्र हो। यो सत्यानाश हुनबाट बचाउन पनि यसपटक सूर्यमा मतदान गर्नुहुन्न। 

समादरणी गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, मैले त नेपालमा फोन गरेर ओली र छोटे ओली अनि उनको ओमाले पार्टीलाई यसपटक मतदान नगर्न आग्रह गरिसके। अब पालो तपाईंको।  किनकि, भनाइ नै छ जस्तालाई तस्तै, ढिढालाई निस्तै। यसपटक ओली, छोटे ओली र उनको एमालेलाई निस्तो ढिढो बनाउनुपर्छ। 

यति भन्नलाई आइतबार पर्खनै परेन, त्यसमा पनि यसपटक त मंसिर ४ गते पनि आइतबार नै परेको छ।

प्रकाशित मिति: : 2022-11-17 10:45:00

प्रतिकृया दिनुहोस्

    प्रतिक्रियावादी दलालकाे लेख रहेछ

    • एक बर्ष अगाडि
    • Dinesh k Thapa