बारामा ४, पर्सामा ३ र सर्लाहीमा एक गरि ८ जनामा काेराेना संक्रमण

नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको पछिल्लो पीसीआर परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

९७ जनाको स्वाब परीक्षण गर्दा बारामा ४, पर्सामा ३ र सर्लाहीमा एक गरि ८ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश कुमार चौरसियाले जानकारी दिए। 

उनीहरुको उमेर समुह २२ देखि ७० वर्षसम्मका छन्।

पर्सा जिराभवानी गाउँपालिका २ र १ का एक/एक र वीरगञ्ज महानगरका ११ नम्बर वडाका एक जना रहेका छन्। 

यस्तै बसयारीया गाउँपालिका सर्लाहीका १ जना रहेको डा चौरासियाले बताए। 

यता बारा जितपुर सिमा २ नम्बर वडाका दुई, कलैया ७ का एक, करियामाइ एक जना रहेका छन्।

यस्तै बसयारीया गाउँपालिका सर्लाहीका १ जना रहेको डा चौरासियाले बताए। 
 

प्रकाशित मिति: : 2020-10-04 22:45:14

प्रतिकृया दिनुहोस्