आज २२५३ जना कोरोना संक्रमित थपिए, १३२९ जना निको भए

काठमाडौं उपत्यकामा थपिए १५९९ संक्रमित

पछिल्लो २४ घण्टायता नेपालमा २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८६८२३ जना पुगेको छ। शनिवार १२७८४ वटा पीसीआर परीक्षण गरिएको थियो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १३२९ जना  निको भएका छन्। यससँगै हालसम्म ६४०६९ जना संक्रमितलाई निको भएको छ। हाल मुलुकमा २२२१९ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये १०३२६ जना संस्थागत आइसोलेसन र ११८९३ जना होम आइसोलेसनमा रहेका छन्।

हाल ४२०३ जना क्वारेन्टिनमा रहेका छन्। साथै २२६ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा उपचाररत छन्।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १५९९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र १३७३ जना रहेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३९ र ललितपुरमा १८७ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ५०५ महिला र ८६८ पुरुष, भक्तपुरमा २० महिला र १९ पुरुष तथा ललितपुरमा ७९ महिला र १०८ पुरुषमा संक्रमण पुष्टि भएको छ।

कोरोनाबाट ५ दिनकी बालिकासहित ७ जनाको मृत्यु

नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन्। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।

मन्त्रालयका अनुसार हुनेमा चितवनकी ५५ वर्षीया महिला, काठमाडौंका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरमा ५ दिनकी बालिका, बाँकेमा २५ वर्षीया महिला र ६० वर्षीय पुरुषको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-10-04 16:36:42

प्रतिकृया दिनुहोस्