बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
सुनसरीको इटहरी ६ का ५६ वर्षीय पुरुषको गएराति पौने १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।
उनी बिराट मेडिकल कलेज, बिराटनगरबाट रिफर भएर प्रतिष्ठानमा आएका थिए।
उनमा असोज १४ गते नै बिराट मेडिकल कलेजमा कोरोना संक्रमण देखिएको थियो। उनमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण थियो।
तर ती बिरामीमा पहिलेदेखि अन्य दीर्घ रोग नभएको पाइएको बीपी प्रतिष्ठानले जनाएको छ।