भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९४ हजार नाघ्याे

 भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९४ हजार नाघेको छ। 

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। 

 मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाको कारण एक हजार १२४ जनाको मृत्यु भएको छ।

त्यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ५९ लाख ९२ हजार ५३३ पुगेको छ। भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेको मुलुक हो। 

पछिल्लो २४ घण्टामा मात्र ८८ हजार ६ सय नयाँ संक्रमित थपिएका हुन्। 

अहिलेसम्म भारतमा ४९ लाख ४१ हजार ६२८ संक्रमित निको भइसकेका छन् भने नौ लाख ५६ हजार ४०२ संक्रमित निको हुन बाँकी छन्।

प्रकाशित मिति: : 2020-09-27 13:42:39

प्रतिकृया दिनुहोस्