बिहिबार, ३१ जुलाई २०२५

‘द्रुत बस सञ्चालमा पहिले केही कमजोरी भएको हो’ (भिडियाे)

BreaknLinks
• • •

असोज ३ गते संविधान दिवसका दिन काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन गरियो। 

द्रुत बसका लागि सडकमा रातो पोतेर छुट्टै लेन बनाइयो। र, २५ वटा बसले सेवा दिए। तर, बस सञ्चालन गरिदेखि नै अपक्षकृत रुपमा बस सञ्चालन हुन सकेनन्। 

रत्नपार्क–सूर्यविनायक साधारणतया डेढ घण्टा समय लाग्नेमा द्रुत बसलाई ४५ मिनेट लाग्ने भनियो। ट्राफिक जाममा धेरै नरोक्ने, रेड लेन खालि गरिने, यात्रु चढाउन–ओराल्न बढीमा एक मिनेटमात्र समय ताेकेर बस सञ्चालन गरियाे। 

तर पनि बस सञ्चालन गर्न समस्या देखियो। दसैं आयो। यात्रु पाइन छाडे, ट्राफिक व्यवस्थापन राम्रोसँग हुन नसकेपछि पूर्णरुपमा बस सञ्चालन हुन सकेन। बन्द भयो। यद्यपी सरोकारवाला पूर्ण रुपमा बस सेवा बन्द नभएको भनिरहन्छन्। 

फेरि तिहारपछि आइतबार (मंसिर १० गते)देखि द्रुत बस सञ्चालनमा ल्याइएकाे छ। थप ११ वटा बस थप गरेर सेवा सञ्चालन गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरूले बताए। अब दैनिक ३६ वटा बसले सेवा दिनेछन्। 

पनेरूले परीक्षणका रुपमा पहिले बस सञ्चालन गर्दा केही कमीकमजोरी भएको स्वीकार्छन्। उनी भन्छन्, ‘छाटो समयको तयारीमा द्रुत बस चलाइएको हो। केही कमीकमजोरी भएको देखियो।’

बस सेवा सञ्चालनमा आएपछि धेरै नकारत्मक पक्षमात्र देखाएको भन्दै उनी गुनासो गर्छन्। ‘सबै मिडियाले आ–आफ्नो बुझाइ बुझिदिने। मिडियाले राम्रो भने राम्रो हुनेथियो। तर, नराम्रो मात्र बढी आयो,’ उनले भने, ‘काम गर्दै गर्दा द्रुत बसमा पनि केही समस्या देखियो। समस्या देखिएको छैन हामीले भनेका त छौनौँ नि। फेरि हामीले सुरुमै परीक्षणका रुपमा चलाइएको पनि भनेका थियौँ।’

पहिले देखिएको समस्यालाई मध्येजनर गर्दै अहिले केही परिमार्जन गरेर बस सञ्चालन गरिएको उनले बताए। पहिले दुबैतर्फबाट बराबर बस सञ्चालन हुने गर्थे भने अहिले एकतर्फीबाट मात्र बस छुट्नेछन्। 

बिहान सूर्यबिनायकबाट रत्नपार्कका र साँझ रत्नपार्कदेखि सूर्यविनायकका लागि मात्र बस सञ्चालन हुने पनेरूको भनाइ छ। जसअनुसार प्रत्यक दिन बिहान ८ः३० बजेदेखि तीन–तीन मिनेटको फरकमा सूर्यविनायक–रत्नपार्कका लागि बस छुट्ने छ। 

सूर्यविनायकदेखि रत्नपार्कका लागि बिहानको अन्तिम बसे सवा १० बजे छुट्नेछ। 

यस्तै दिउँसो ३ः३० बजेदेखि साझको सवा ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म बस छुट्नेछ। यसरी बस छुट्दा बसलाई यात्रु नपाइने समस्या पनि नहुने पनेरूले बताए। 

प्रस्तुत छ, द्रुत सब सेवाका बारेमा यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरूसँग बिएल नेपाली सेवाका लागि टोपेन्द्र रोका मगरले गरेको कुराकानी:

भिडियाे


 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!