काेराेना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु

 कोरोना भाइरसको संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु भएको छ।

बझाङ घर भई काठमाडौं उपत्यकामा कार्यरत उनको शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको हो । 

असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई कोरोना संक्रमण भएको ८ गते पुष्टि भएको थियो ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुने सैनिकको संख्या २ पुगेको छ ।

यसअघि रामेछाप घर भएका ३४ वर्षीय सेनाको मृत्यु भएको थियाे। उनी पनि काठमाडौं उपत्यकाभित्र कार्यरत थिए। 

जङ्ग्गी अड्डाका अनुसार सेनामा हालसम्म २ हजार १९७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५३९ जना संक्रमणमुक्त भएका छन् 

प्रकाशित मिति: : 2020-09-26 14:56:51

प्रतिकृया दिनुहोस्