उपत्यकमा थप ६३७ जनामा कोभिड-१९ को संक्रमण, कुन जिल्लामा कति थपिए संक्रमित?

पछिल्लो २४ घण्टामा ४९ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। ९ हजार ४९७ जनाको नमुना परीक्षणका क्रममा ४२६ महिला र ७४६ पुरुष गरी एक हजार १७२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६३७ जना संक्रमित पहिचान भएका छन्। जुन कुल संक्रमितको ५४.३५ प्रतिशत हो। जसमध्ये काठमाडौं जिल्लामा १६८ महिला र ३२४ पुरुष गरी ४९२ जना संक्रमित पहिचान भएका छन्।

त्यस्तै भक्तपुर जिल्लामा ४७ महिला र ४८ पुरुष गरी ९५ जना तथा ललितपुर जिल्लामा २६ महिला र २४ पुरुष गरी ५० जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्।

संक्रमण पुष्टि हुनेमा प्रदेश १ मा ९६, प्रदेश २ मा ५४ जना रहेका छन्। त्यस्तै गण्डकीमा ५७, प्रदेश ५ मा १७५ जनामा संक्रमण पुष्टि हुँदा कर्णाली प्रदेश सुर्खेतमा मात्र ४९ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै सुदुरपश्चिम प्रदेशमा ६१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

हेर्नुहोस् कहाँ कति संक्रमित

प्रकाशित मिति: : 2020-09-23 17:22:59

प्रतिकृया दिनुहोस्