भेरी अस्पतालमा बर्दियाका कोरोना संक्रमितको वडाध्यक्षको निधन

वारबर्दिया नगरपालिका वडा नम्बर तीनका कोरोना संक्रमित वडाध्यक्षको बुधबार मृत्यु भएको छ। ३९ वर्षीय सूर्यबहादुर थारुको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।  

थारुलाई दश दिनअघि टाईफाईड देखिएको थियो। भेरी अन्चल अस्पतालमा प्रारम्भिक उपचारको क्रममा रहेका थारुलाई कोरोना संक्रमण पुष्टि भएसँगै शिक्षण अस्पताल कोहलपुर सारिएको थियो।

कोरोना संक्रमित थारुलाई श्वासप्रश्वासको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।  

बारबर्दियाका नगर प्रमुख दुर्गाबहादुर थारुले कोरोना संक्रमणबाट वडाध्यक्ष थारुको मृत्यु भएको जानकारी दिएका छन्।

यसअघि अछाम, कैलाली, अर्घाखाँची, बर्दियाका ४ जनाको मृत्यु भइसकेको छ। यो सँगै बाँकेमा बाहिरि जिल्लाबाट आएर उपचारका क्रमम मृत्यु हुनेको संख्या ५ पुगेको छ।

प्रकाशित मिति: : 2020-09-23 11:51:32

प्रतिकृया दिनुहोस्