कोरोना भाइरस संक्रमणबाट विदेशमा रहेका २४४ नेपालीको मृत्यु भएको छ।
१७ मुलुकमा ती नेपालीले ज्यान गुमाएकाे गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएकाे छ।
कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीले ज्यान गुमाएका छन्।
याेसँगै कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको मृत्यु भएको संघले जनाएको छ।
गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दियो।
समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन्।
विदेशमा अलपत्र ६९ हजार नेपालीको उद्धार गरिएको छ। संघ, विदेशस्थित दूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाको उद्धार गरिएको जनाइएको छ।