झण्डै डेढ महिनापछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नियमित सेवा सुरु गर्दै

जिल्ला प्रशासन कार्यालय काठमाडौंले झण्डै डेढ महिनापछि आफ्ना नियमित सेवा सुरु गर्ने भएको छ।

साउन २५ गतेदेखि बन्द भएका सेवा आइतबारदेखि सञ्चालन गर्न लागेको हो।

सेवा सुरु भएपनि जिल्ला भरीका सेवाग्राहीले एकै दिन सेवा लिन नपाउने भएका छन्।

यसका लागि कुन ठाउँका नागरिकले कुन दिन सेवा पाउने भन्ने प्रशासनले तोकिएको छ।

दिनमा २० जना सम्मलाई सेवा दिने गरी बार तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता, नवीकरण जस्ता सेवा लिन फरक फरक स्थानीय तहका लागि छुट्टा छुट्टै दिन तोकिएको छ।

यस्तै अन्य सेवाका लागि पनि बार तोकिएको छ।

प्रकाशित मिति: : 2020-09-17 14:20:35

प्रतिकृया दिनुहोस्