नवरात्री महिमा

दशैंको तेस्रो दिनकी देवी– चन्द्रघण्टा

Breaknlinks
Breaknlinks

नवरात्र व्रतको तेश्रो दिन दुर्गा भगवतीको तेश्रो विग्रहको पूजन–अर्चन हुने गर्दछ। तेश्रो विग्रह माता चन्द्रघण्टाको रूप हो। 

चन्द्र घण्टायां यस्याः सा चन्द्रघण्टेति–अर्थात् आल्हादकारी चन्द्रमा जसको घण्टामा स्थित हुन्छ ती नै देवीको नाम चन्द्रघण्टा हो। हुनत नवदुर्गाको नाम प्रसिद्ध रहेको छ तर दुर्गा भगवतीको अझै पनि भुजाअनुसारका अन्य नामहरू पनि पुराणहरूमा वर्णित रहेको पाइन्छ। 

ब्राह्मी, महेश्वरी, कौमारी, वैष्णवी,  वाराही, नारसिंही, ऐन्द्री, शिवदूती तथा चामुण्डा–यी नौवटा भगवती देवीका शक्तिहरू पनि छन्। कोही चतुर्भजा, कोही दशभुजा त कोही अठारह भुजावाली देवी छन्। शक्ति प्रदायनी महाकाली दशभुजा, महालष्मी अष्टादशभुजा तथा महासरस्वती अष्टभुजा हुन्।

यिनका आयुधहरूहरूका क्रम पहिले बताइएअनुसार, दाहिने भागको तल्लो हातबाट लिएर क्रमशः माथिल्लो हातमा, फेरि वामभागको माथिल्लो हातबाट लिएर तल्लो हातसम्म बुभ्mनुपर्दछ। जसरी महाकालीको दशवटा हातहरू पाँचवटा दाहिने र पाँचवटा देब्रेतिर छन्। 

दाहिने हातमा क्रमशः तलदेखि माथिसम्म खड्ग, वाण, गदा, शूल र चक्र छ तथा देब्रे हातमा माथि देखि तलसम्म क्रमशः शङख, भुसुण्डि, परिघ, धनुष र टाउको छ। यस्तै अष्टादशभुजा महालक्ष्मीको नौवटा दाहिने हातमा तलतिरबाट क्रमशः मास्तिर अक्षमाला, कमल, वाण, खड़्ग, बज्र, गदा, चक्र, त्रिशूल र परशु छ तथा देब्रे हातमा माथिदेखि तलसम्म क्रमशः शङख, घण्टा, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु रहेको छ।

अष्टभुजा महासरस्वतिको पनि चार दाहिने हातमा पूर्वोक्त क्रमबाट वाण, मुसल, शूल र चक्र छ तथा देब्रे हातमा शङख, घण्टा, हलो र मुसल छ। अब यी देवीहरू सवार हुने वाहन पनि भिन्न भिन्न जानवरहरू रहेको पुराणहरूले निर्दिष्ट गरेका छन्।

जसअनुसार, चामुण्डा देवी प्रेतहरूमाथि आरूढ़ हुन्छिन्, वाराही देवी राङ्गामाथि सवार हुन्छिन्। ऐन्द्री देवीको वाहन ऐरावत हात्ती हो, व्रष्णवीदेवी गरूड़माथि आसन जमाउँदछिन्।

महेश्वरी देवी साँढ़ेमाथि सवारी गर्दछिन्। कौमारीको वाहन मयूर हो। भगवान विष्णुकी प्रियतमा लक्ष्मीदेवी कमलासनमाथि आरूढ़ हुन्निछन् तथा हातमा कमल पुष्प धारण गर्दछिन्। यस प्रकार यी सबै माताहरू सबै प्रकारको शक्तिहरूबाट सम्पत्र छन्।

यी सम्पूर्ण देवीहरू क्रोधले भरिएका हुन्छन्। भक्तहरूको रक्षा गर्नकोलागि।थमाथि बसेका देखिन्छन्। यिनीहरू शङख, चक्र, गदा, शक्ति, हलो, र मुसल, खेटक र तोमर, परशु तथा पाश, कुन्त र त्रिशूल एवं उत्तम शाङ्र्गधनुष आदि अस्त्र–शस्त्र आफ्नो हातमा धारण गर्दछन्।

दैत्यहरूको शरीरलाई नाश गर्न, भक्तहरूलाई अभयदान दिन र देउताहरूको कल्याण गर्न–यही उनीहरूको शस्त्र धारण गर्ने उदेश्य हो। भगवतीको पूजन गर्ने बेला भक्तहरूले पहिला उनीसित यस प्रकारले प्रार्थना गर्नु पर्दछ–महान रौद्र रूप, अत्यन्त घोर पराक्रम, महान् बल र महान उत्साह भएकी देवी ! तपाईं महान भयको विनाश गर्ने खालकी हुनुहुन्छ। तपाईंलाई नमस्कार छ, नमस्कार छ, नमस्कार छ! मेरो रक्षा गर्नुहोस्।

दुर्गा भगवतीको वैदिक वा तान्त्रिक पूजा गुढ़ तथा कठिन छ तर तराई प्रदेशमा यस दशहरामा जनसाधारणहरूमा अनेकौं धार्मिक चलनहरू पनि परम्परागत रूपमा प्रचलित रहेका छन्। जस्तो– ‘भिंझिया’ घुमावल। 

भोजपुरी भाषी प्रदेशमा झिझियालाई एउटा परम्परागत अनुष्ठानिक कृत्यको रूपमा लिइन्छ। समाजिक मान्यताअनुसार डाइन, भूतिन र बोक्सी, धामीहरूको कूकृत्यबाट त्राण पाउन तथा सो कूकृत्यहरूलाई पन्छाउनकोलागि झिझिया प्रदर्शन गर्ने गरिन्छ। 

यसको प्रदर्शन गर्ने बेलामा गाँउ–घरका बाल–बालिकाहरूले तथा नवयुवती र आइमाइहरूले भाग लिने गर्दछन्। यस क्रममा गाँउकी एउटी कुमारी कन्याले अनगिनत प्वाल पारिएको माटोको घैंटाको पिंधमा माटोको दियो बालेर त्यस घेंटोलाई टाउको माथि राखि हातले नचाउदै डाइनीरूलाई अपशब्द गालीहरू गाउदै गाँउको परिक्रमा गर्दछन्। 

ती झिझिया टाउकोममा बोकेकी नवयुवतीको पछि–पछि हिड़ने आइमाइहरूले गीत गाउदै गाँउको परिक्रमा गर्दछन्–डाइन भतर कटनो जवानी गुनवा सिखली, अपने सिखली पतोहियो के सिखवली, उनका बेटवा के दशैं में भोग देबो हो, उनका भातरा के दशैं में भोग देबे होऽ। डाइन भतर कटनी...! अथवा–खइबे त खो डइनी कोतरा मछरिया, ना खइबे कोतरा, चबइहे अपन भातरा..आदि गीतहरू गाउदै हिड़दछन्। 

यो वास्तवमा भोजपुरी लोक संस्कृतिको एक नैसर्गिक झलक हो जसलाई अनान्य भाषा भाषीहरूले यो हाम्रो संस्कृति हो र झिझिया हाम्रो पारम्परिक नाच हो भनेर विदेशीहरूसित नाक फुलाउने गर्दछन्। यो हाम्रोलागि हांसोको विषय हो, चिन्ताको विषय कदापि होइन।

प्रकाशित मिति: : 2022-09-28 06:20:00

प्रतिकृया दिनुहोस्