देशभर आइसियू र भेन्टिलेटरमा २०२ जना कोरोना संक्रमितको उपचार हुँदै

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर २ सय २ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्। 

मन्त्रालयको तथ्यांक अनुसार २८ जना भेन्टिलेटरमा र १७४ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् । 

आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२३ जना आइसियू र  २५ जना भेन्टिलेटर, प्रदेश ५ मा २२ जना आइसियू र १ जना भेन्टिलेटर, प्रदेश १ मा  ५ जना आइसियू र १ जना भेन्टिलेटरमा, प्रदेश २ र कर्णालीमा ९-९ जना आइसियुमा, गण्डकीमा ६ जनार  सुदुरपश्चिममा १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

त्यस्तै प्रदेश २ मा ९, गण्डकी प्रदेशमा ६  र कर्णाली प्रदेशमा १० आइसियूमा उपचाररत रहेका छन् ।

प्रकाशित मिति: : 2020-09-15 16:45:09

प्रतिकृया दिनुहोस्