गण्डकी प्रदेशमा थप ४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा भएको परीक्षणमा प्रदेशका ७ जिल्लाका ४७ जनामा संक्रमण पुष्टि भएको हो।
थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वका २० जना, स्याङजाका १२ जना, तनहुँका ९ जना, कास्कीका ३ जना, गोरखाका, लमजुङ र मनाङका एक/एकजना रहेका छन्।