पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
बिएल संवाददाता
कोरोना भाइरस सङ्क्रमणका कारण रुपन्देही र दाङमा ३१ जनाकोे मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र दाङका विभिन्न अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्यु भएको हो।
पछिल्लो २४ घण्टामा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत १४ सङ्क्रमितको मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुासर मृत्यु भएकामध्ये आठ जना रुपन्देहीका छन्।
दाङमा मात्रै १७
दाङमा बितेको २४ घण्टामा १७ कोरोनाका बिरामीको मृत्यु भएकोे छ। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार आज मृत्यु हुनेमा घोराहीका पाँच, तुलसीपुरका आठ, लमहीका दुई तथा गढवा र दंगीशरणका एकएक छन्।
आज मृत्यु हुनेमा कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ र होम आइसोलेशनमा बसेका पाँच जना छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई, लमहीमा होम आइसोलेशनमा बसेका एक तथा लमही अस्पताल र घोराहीको गायत्री अस्पतालमा उपचाररत एकएक जनाको मृत्युु भएको केन्द्रले जनाएको छ।
पाल्पामा घरघरमै स्वास्थ्यकर्मी
कोभिड-१९ को सङ्क्रमण बढ्दै जाँदा पाल्पामा भने स्वास्थ्यकर्मीले घरघरमै पुगेर स्वास्थ्य सेवा दिन थालेका छन्। रम्भा गाउँपालिकामा चिकित्सकसहित स्वास्थ्यकर्मी पुगेर सेवा दिन शुरु गरेको पालिकाले जनाएको छ।
हुँगी स्वास्थ्यचौकीका मेडिकल अधिकृत डा पूजन श्रेष्ठ तथा ताहुँ स्वास्थ्यचौकीका मेडिकल अधिकृत रक्षा पंगेनीसहित ५२ स्वास्थ्यकर्मीको टोली सङ्क्रमित परिवारको घरमै पुगेर अक्सिजन सेवा दिन खटिएको स्वास्थ्य शाखा संयोजक शिव अर्याल बताउँछन्।
अप्ठ्यारो भूबनावट रहेको रम्भामा दुई सवारी साधनमार्फत तपाईँको मास्क खोइ अभियानअन्तर्गत घरघरमै पुगेर मास्क, साबुन तथा भिटामिनसमेत प्रदान गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।
स्वास्थ्यकर्मीले बिरामीको घरमै पुगेर अक्सिजनसहितको स्वास्थ्य सेवा प्रदान गरेका छन्। पाँच इलेक्ट्रोनिक अक्सिजन तथा दुई ठूलो र आठ साना सिलिण्डरको अक्सिजन पालिकामा उपलब्ध रहेको र थप गर्ने प्रक्रिया शुरु भएको पालिकाले जनाएको छ।
जनकल्याण माध्यमिक विद्यालय रम्भामा एक, हुँगी तथा रम्भा माध्यमिक विद्यालयमा पाँच र ताँहुमा अक्सिजनसहितको अस्थायी कोभिड- अस्पताल सञ्चालनमा ल्याइएको छ।रासस
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया